विन्ध्यवासिनी मन्दिरमा गणेशचौथी पुजनोत्सव

पोखराको विन्ध्यवासिनी मन्दिरमा गणेश पूजनोत्सव हुने भएको छ । गणेश चौथीका दिन यहि भदौ १६ गते पूजनोत्सव कार्यक्रम हुने भएको हो ।

कार्यक्रम संयोजक रामजीप्रसाद कोइरालाका अनुसार उक्त अवसरमा पूजा आरम्भ, लड्डु र दूवो अर्पण बिहान ६ बजेदेखि ९ बजेसम्म र त्यसपश्चत प्रसाद ग्रहणको कार्यक्रम हुनेछ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले भजन कीर्तनसहितको पुजनोत्सव कार्यक्रम हुने भएकाले सहभागितका लागि भक्तजनालाई आग्रह गरेको छ ।

मन्दिर विकास समितिले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको संयोजक कोइरालाले जानकारी दिए ।