अन्तरिम संरचनाका लागि कांग्रेसले खटायो जिल्ला प्रतिनिधि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि जिल्ला पठाइने प्रतिनिधिको नाम तोकेको छ ।

प्रतिनिधि पठाउनका लागि कांग्रेसले पार्टीको केन्द्रिय निर्वाचन समितिलाई जिम्मेवारी दिएकोमा समितिले अन्तरिम संरचना गठनका लागि जिल्ला पठाउने प्रतिनिधिको टुंगो लगाएको हो ।

प्रतिनिधिको नाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अन्तरिम संरचना गठनका लागि जिल्ला पाउन प्रतिनिधिको नाम टुंगो लगाएको र १५ भदौबाट प्रतिनिधिले जिल्ला गएर काम गरिसक्ने बताए ।

‘प्रतिनिधिको टुंगो लागिसक्यो, १५ गतेबाट काम सुरु हुन्छ’, समितिका संयोजक समेत रहेका नेता अधिकारीले भने । समितिका सचिव केशब रिजालले ७४ जिल्लामा नै प्रजातान्त्रिक लयर्स एसोसिएसन (डिएलए) का जिल्ला तहका नेतालाई प्रतिनिधि तोकिएको र ३ जिल्ला डोल्पा, दैलेख र रुकुम पश्चिममा डिएलएको शाखा नभएका कारण शिक्षक संघ वा प्राध्यापक संघमध्येबाट जिम्मेवारी दिने तयारी रहेको जानकारी दिए । रिजालले १५ गते सबै जिलामा जिल्ला कार्यसमितिको बैठक राखेर काम सुरु गर्न भनिएको समेत बताए ।

प्रतिनिधिहरुले पार्टीको अन्तरिम संरचना गठनका लागि बनाएको निर्देशिका अनुसार काम गर्ने र संरचना निर्माण गर्दा भएको समायोजनको विवरण प्रमाणित गरेर केन्द्रिय निर्वाचन समितिलाई पठाउने उनले जनाएका छन ।

२० भदौभित्र १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेशसभाको क्षेत्रीय कार्यसमिति समायोजन सक्ने र कात्तिकभित्र स्थानीय तहका समेत गरी सबै कार्यसमिति समायोजन गरी सक्ने कांग्रेसको पूर्व तयारी छ । २६ साउनको केन्द्रीय समिति बैठकले सोही बमोजिमको निर्णय गरेको थियो ।

असअघि जिल्ला पठाइने प्रतिनिधिको नाम टुंगो लाग्न नसक्दा पार्टी नेतृत्वको विरोध हुँदै आएको थियो । केन्द्रिय समिति बैठकमा बैठकमा समेत प्रतिनिधि कसलाई पठाउने भन्नेमा विवाद भएको थियो ।

केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यलाई नै प्रतिनिधि पठाउन संस्थापन पक्षको प्रस्ताव आएपछि इतर पक्षले असहमति जनाएको थियो भने त्यसपछि केन्द्रीय निर्वाचन समितिलाई अधिकार दिइएको थियो ।

प्रतिनिधिले जिल्ला पुगेर पार्टीले अन्तरिम संरचना गठनका विषयमा बनाएको निर्देशिकामा उल्लेख भएका विषयलाई गाइडलाइन मानेर काम गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिनिधिले निदेशिकाअनुसार नै प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा बैठक गरी संरचना गठन प्रक्रिया थाल्नेछन ।

प्रदेश संरचना गठनको विषयमा भने कांग्रेसभित्र अझै सहमति जुट्न सकेको छैन । पार्टीको रिक्त संरचना गठनको विषयलाई पार्टी भित्र विवाद बढेपछि कांग्रेसले निर्देशिका बनाएर टुंगो लगाएको थियो । निर्देशिकाअनुसार अन्तरिम संरचना गठन सहमतिबाटै गर्ने कांग्रेस शीर्ष तहमा सहमति भएको छ ।

रदेश संरचना गठनको विषयमा भने कांग्रेसभित्र अझै सहमति जुट्न सकेको छैन । पार्टीको रिक्त संरचना गठनको विषयलाई पार्टी भित्र विवाद बढेपछि कांग्रेसले निर्देशिका बनाएर टुंगो लगाएको थियो । निर्देशिकाअनुसार अन्तरिम संरचना गठन सहमतिबाटै गर्ने कांग्रेस शीर्ष तहमा सहमति भएको छ ।

तर, सहमति हुन नसकेको स्थानमा वा एकभन्दा बढी आकांक्षी देखिएमा भने भूभाग, प्रतिनिधि र क्रियाशील सदस्यको संख्या हेरेर नेतृत्व चयन हुने उल्लेख छ । सो प्रक्रियाबाट जाँदा समेत बराबर भएमा गोला प्रथाद्वारा नेतृत्व चयन गरिनेछ ।

कांग्रेसले गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमार्फत पार्टीको विधानलाई संघीय संरचनामा लगेको थियो । जसअनुसार केन्द्रदेखि बुथ तहसम्म गरी कांग्रेसको ८ तहको पार्टीको संरचना विधानमा उल्लेख छ । हाल कांग्रेसको केन्द्र र ७५ जिल्लाबाहेकका संरचना छैन ।