३१ जना सिडिओको सरुवा, कास्कीमा केसी

गृहमन्त्रालयले काठमाडौंसहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । 

मन्त्रालयको बिहीबारको निर्णयले ३१ जना सीडीओ सरुवा तथा पदस्थापन गरेको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

उनका अनुसार झापाका सीडीओ जनकराज दाहाल काठमाडौं सरुवा भएका छन् भने भागिरथ पाण्डेय धादिङबाट ललितपुर ल्याइएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार कास्कीमा रमेश केसी आउने भएका छन् । उनी यसअघि मोरङमा कार्यरत थिए । अन्य को कहाँ सरुवा भए विस्तृत विवरण आउन बाँकी छ ।