डिभिजन सडक कार्यालय पोखरा प्रमुखलाई मुद्दा

डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरिकुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र ठेकेदार ऋषि गौतम विरुद्ध मुद्धा दायर भएको छ । पोखरेल र आचार्य घुससहित पक्राउ परेका थिए ।

डिभिजन सडक कार्यालय, पोखरा अन्तर्गत विन्ध्यवासिनी हरिचोक सडकखण्ड स्तरोन्नतिका लागि जिएसआर निर्माण सेवाले ठेक्का पाएको थियो । ठेकेदारबाट कार्यालय प्रमुख पोखरेल र इन्जिनियर आचार्यले ७ लाख रुपैयाँघुस लिएको अख्तियारको दाबी छ । उनीहरु २ सहित दुई कार्यालय सहयोगीलाई अख्तियारको टोलीले साउन २३ गते पक्राउ गरेको थियो ।

गौतमलाई भने अख्तियारले उनकै घरबाटै पक्राउ गरेका थियो । ३ जना विरुद्ध ७ लाख रुपैयाँ बिगो र सोही बराबार सजायको मागदाबी गरिएको छ । २ कार्यालय सहयोगीको संलग्नता नदेखिएको अख्तियारले जनाएको छ ।