प्रमुख जिल्ला अधिकारी सरुवा भएको भोलिपल्टै ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएका छन् । शुक्रबार प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले ५० जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन् ।
सरुवा हुनेमा एसपी अच्युत प्रसाद पुडासैनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएका छन् भने प्रदेश नम्बर १ दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीबाट अनुरागकुमार द्धिवेदीलाई महानगरी दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा गरिएको छ ।
यसैगरी गण्डकी प्रदेश प्रहरी कार्यालयका नवराज भट्टलाई बाग्लुङ पठाइएको छ । उनको स्थानमा को आउने हो त्यो खुलाइएको छैन ।
यसैगरी गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे आउने भएका छन् । उनी यसअघि प्रहरी प्रधान कार्यालयको प्रशिक्षक विभागमा थिए ।






