३५ एसएसपीको सरुवा, गण्डकी प्रदेशमा दिवेश लोहनी आउने

गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । १३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णय अनुसार एसएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरमा टेक प्रसाद राईको सरुवा भएको छ । ललितपुरका एसएसपी रवीन्द्र धानुकको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ । 

यस्तै ट्राफिक महाशाखामा भीम प्रसाद ढकाल सरुवा भएका छन् । ट्राफिक मशाहाखाका प्रमुख वसन्त पन्त प्रहरी प्रधान कार्यालय तालिम महाशाखामा सरुवा भएका छन् । 

यसैगरी गण्डकी प्रदेश प्रहरी कार्यालयका हरिराज वाग्ले २ नं. प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा भएका छन् । उनको स्थानमा दिवेश लोहनी आउने भएका छन् ।

उनी यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग वैदेशिक महाशाखामा कार्यरत थिए ।

हेर्नुहोस् को कहाँ सरुवा भए ? 

SSP_SARUWA_2076_05_14