मुख्य समाचार

संसदको गाडी खरिदमा अनियमितता प्रकरणः संसदीय समितिले निकाल्यो यस्तो निष्कर्ष

खरिद प्रक्रिया मिलेको तर उपलब्ध गराइएका गाडीका केही पार्टस्मा त्रुटि रहेको निष्कर्षसहित गाडी खरिदका विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पारेको छ ।  समितिले मङ्गलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले धेरै विषय कार्यान्वयनको स्वविवेकीय अधिकार सभामुखलाई नै दिनेगरी प्रतिवेदन तयार पारेको छ ।  समितिले सार्वजनिक खरिदको प्रक्रिया तथा प्राविधिक विषयमा अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको हो । ‘‘हामीले प्रतिवेदन तयार पारेका छौँ ।… पुरा पढौ

एउटै रूखले सडक निर्माणमा अवरोध !

वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ । एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध भएको हो । त्यसमाथि कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ गतेबाट निर्माण कार्य सुरु गरिएको सो व्यापारिक मार्गमा परेको एउटा रूखको कटान हुन नसक्दा गत… पुरा पढौ

‘ह्याकरले लुटेका सबै रकम सुरक्षित’

नेपालको एटीएम प्रणाली ह्याक गरेर चोरिएको सबै रकम बरामद गरेको प्रहरीले दावी गरेको छ । नेपाल राष्ट्र बैंकले चोरी भएको बताए अनुसारको रकम बरामद भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । उनले भने, ‘सोमबार ठमेलबाट ३ जना मनी एक्सेजर पक्राउ परेसँगै केही रकम पनि बरामद भयो र राष्ट्र बैंकले चोरी भएको भने बराबरको रकम भेटिएको छ ।’ राष्ट्र बैंकले विभिन्न बैंकको एटीएम प्रणाली ह्याक गरेर १… पुरा पढौ

एटीएम ह्याक प्रकरण : पक्राउ परेका सबै भरिया, मालिक को हो ?

बैंकिङ प्रणालीमा ‘मालवेर’ आक्रमण गरेर करिब दुई करोड रुपैयाँ लुट्ने योजनकारले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरेको खुलासा भएको छ । शनिबार मध्यराति काठमाडाैं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार स्पेनमा बसेर परिचालन गरे पनि ती व्यक्ति चिनियाँ नागरिक नै हुन् । शुक्रबार साँझ एयर चाइनाको उडानमार्फत काठमाडौं ओर्लिएका झु लियांग, विक विन, क्यु… पुरा पढौ

धरौटी बुझाउन नसक्दा विप्लवका नेता कारागार चलान

नेत्रविक्रम चन्द समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् ।  सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।  आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल-११ जर्गाहाबाट पक्राउ गरेको थियो । “आचार्य गत फागुन ३० गते चन्द समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन… पुरा पढौ

अब नो हेल्मेट, नो पेट्रोल !

पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । झापाको मेचीनगरमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो । मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् ।  झापामा पहिलोपटक सुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले बताए ।… पुरा पढौ

प्रधानमन्त्री ओली २० गते फर्कने

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गते स्वदेश फर्कने भएका छन्। प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको टेलिफोन कुराकानीमा २० गते फर्कने जानकारी दिएका हुन्। 'मैले स्वास्थ्य कस्तो छ भनेर सोधेँ', नेम्वाङले भने, ‘ठीक छ। राम्रो भैराखेको छ भन्नुभयो।’ नेम्वाङले फर्कने मितिबारे समेत ओलीसँग जिज्ञासा राखेका थिए। ‘उहाँले २० गते फर्कन्छु भन्नुभयो ’, नेम्वाङले भने। प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे जिज्ञासासमेत राखेको पनि नेम्वाङले… पुरा पढौ

ओलीलाई भेट्न बामदेव गौतम र विष्णु पौडेल पनि सिंगापुर जाँदै

नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था बझ्न उनीहरु मंगलबार सिंगापुर जान लागेको नेकपा सचिवालय स्रोत जनाएको छ । प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । यतिबेला उनको सिंगापुरको न्याशनल यूनिभर्सिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।  प्रधानमन्त्री ओली… पुरा पढौ

अब पत्रकार बन्न यस्तो मापदण्ड

जो व्यक्ति पनि पत्रकार बनेर हिँड्न पाउने कि नपाउने ? पत्रकार बन्नका लागि कुनै योग्यता र मापदण्ड चाहिदैन ? यो प्रश्न समाजमा उठिरहेका बेला कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुको परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ । पत्रकारिता व्यवसायी परीक्षा भनिने यस्तो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको… पुरा पढौ

एटीएम ह्याकिङ : तानिंदै नेपाली व्यापारी पनि, ३ जना पक्राउ

नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । मनी एक्सचेन्जका सञ्चालकहरु देवनाथ लामिछाने, रोशन श्रेष्ठ र रेवती दवाडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चिनियाँ ह्याकरहरुले काठमाडौंको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं