मुख्य समाचार

मेलम्चीमा काम गर्न नदिने चेतावनी

मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालयमा आजदेखि पीडितहरू धर्ना बस्दै छन् । स्थानीय मजदुर,… पुरा पढौ

समाजवादी र राजपाको भित्रभित्र यस्तो तयारी छ भयंकर

नेपालको आन्तरिक मामिलामा छिमेकीको रुची प्रष्टिन्छ, मधेसवादीसहित बाबुरामहरुको बलियो गठबन्धन बनाउनमा । र, त्यसका पछिल्ला विवरण प्राप्त भएका छन् । नेपालमा देखिने गरी वैकल्पिक शक्ति निर्माण हुनुपर्ने छिमेकीको सोंच छ । नरेन्द्र मोदीको अघिल्लो कार्याकालको अन्तिमताका नीति नै थियो, दूतावास वा कुनै एजेन्सी देखिनेगरी राजनीतिक वा अन्य मामिलामा सक्रिय नहुने । तर, नियमित जिम्मेवारीभित्रका सुक्ष्म विश्लेषण गरीने काम भने रोकिएको थिएन ।  जब मोदी प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै थिए, राजदूतमा प्रस्तावित… पुरा पढौ

चीनबाट आइपुगे तीस ट्रक कोशेली

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा उत्तरी सहयोग नेपाल भित्रिएको छ । अक्टुबर १५ तारिखको भारत भ्रमणपछि घर फर्कन क्रममा नेपाल पस्नुपूर्व १५० मिलियन चिनियाँ मुद्रा (आरएमबी) अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल आइपुगेको हो ।  चीनका १४ सीमावर्ती राष्ट्रमध्ये सीले ६ वर्षे कार्यकालबीच भ्रमण गर्न बाँकी देश नेपाल र म्यानमार मात्र हुन् । म्यानमार, जहाँ रोहिंग्या समुदायको समस्या छ र उनीहरु शरणार्थीका रुपमा… पुरा पढौ

पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट

प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ । फ्रान्सका लागि पूर्व राजदूत झाको हत्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए । हत्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटकपटक… पुरा पढौ

घुस दिने पनि अख्तियारको आँखामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने मात्र होइन, अब दिनेलाई पनि निगरानी गर्न थालेको छ । केही महिनायता घुस दिनेहरूमाथि निगरानी बढाएको नतिजा पनि देखिन थालेको छ । भदौ महिनामा मात्रै दुई जना घुस दिन पुगेका सेवाग्राही पक्राउ परेका छन् ।  आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वैशाखदेखि भदौ दोस्रो सातासम्म घुस दिने पाँच जना पक्राउ परेका छन् । पाँचै जनालाई आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको छ… पुरा पढौ

जापान जानेको परीक्षा कात्तिकमा हुने, कति लाग्छ खर्च ?

लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो ।  जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुल्ला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ । जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि परीक्षाको मिति निश्चित गरेको हो ।  जापान जाने कामदारसँग निश्चित… पुरा पढौ

नेपालको विकास निर्माणमा भारतकोको अवरोध

कञ्चनपुर जिल्लाको पश्चिमीदेखि दक्षिणी तथा पूर्वी सीमारेखामा भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प भएको छ। भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेवसहित दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेकाले ग्रावेल र कालोपत्रे गर्न नसकिएको हो। उक्त नगरपालिकाको १० नं वडामा जिमुवा प्रहरी चौकी नजिकै सीमास्तम्भ ८०६ ९६ ए० को सडकमा ग्रावेल गर्दा भारतीय पक्षले रोकेकाले गड्डाचौकीबाट जिमुवा हुँदै जाने सडकका केही भागमा वर्षौं बित्दासम्म… पुरा पढौ

राजा फाल्न जब रअ कस्सियो…

भारतीय गुप्तचर संस्था रअका पूर्वविशेष निर्देशक अमर भुषणको दाबी साँचो हो भने नेपालमा राजतन्त्र फाल्न माओवादीभन्दा भारतलाई हतार थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मनाउन भुषणलाई निकै हम्मे परेको थियो । दाहाल भारतीय गुप्तचारसँग मिलेर गणतन्त्रको मिसनमा लाग्न इच्छुक थिएनन् । भूषणको पुस्तक ‘इन्साइड नेपाल’ मा दाहालसँगको पहिलो भेटमा आफूले भनेको यसरी व्यक्त गरेका छन्, ‘म वास्तवमा नेपालबाट राजा फ्याँक्ने काममा तपाईंको मद्दत माग्न आएको हुँ ।’ आश्चर्य मान्दै दाहाल… पुरा पढौ

ललिता निवासका सबै मोही ‘शंकास्पद’

बालुवाटारको ललिता निवासस्थ्ति जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०७१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो । ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो ।  तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार ढाल्ने अनि प्रजातान्त्रिक आन्दोलनमा लागेका नेताहरुको सम्पत्तीसमेत जफत गर्ने सुइँको पाएपछि सुवर्णशमशेरले बालुवटारको जग्गा पत्नीसहित आफ्ना सन्तानलाई दिएका थिए । सुवर्णशमशेरले २०१७ असार… पुरा पढौ

६ महिनाका लागि पुनः व्युँत्याइयो नेविसंघ

नेपाल विद्यार्थी संघ लगायत कांग्रेसका सबै भातृ संगठनहरू पुनः व्युँताइएको छ । नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थप गरेसंगै सबै संगठनहरू पुनः व्युँतिएका हुन् । नेविसंघ लगायत सबै भातृ संगठन, शुभेच्छुक संघसंस्था र जनसम्पर्क समितिहरूको महाधिवेशन गर्नकै लागि पार्टीले यसअघि ३ पटकसम्म म्याद थप गरेको थियो । तर असफल भएपछि ५ महिना अघि स्वतः विघटनमा परेका थिए । अब यो अवधिमा वर्तमान कार्यसमिति अधिवेशन तयारी समितिका रुपमा रहनेछन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं