मुख्य समाचार

देउवासंगै विश्वप्रकाश शर्मा र गगन थापा पनि असफल !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरू अलपत्र परेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । समयमै महाधिवेशन सम्पन्न गरि सबै भातृ संस्थाको निर्वाचनमार्फत नेतृत्व चयन गरि पार्टीलाई बलियो बनाउनुपर्ने उनीहरूको जोड थियो । पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान शुरु… पुरा पढौ

पत्रकार हमाल रिहा, रुपेश फेरि गिरफ्तार

सर्वाेच्च अदालतको रिहा गर्न दोस्रो आदेशपछि पत्रकार ओम हमाल रिहा भएका छन् । गत भदौ ६ गते कास्की लेखनाथबाट हमालसँगै पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश भने फेरि गिरफ्तार भएका छन् । पत्रकार हमाल र रुपेशलाई सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश थिएको थियो । रुपेशलाई अदालतको गेटबाटै प्रहरी फेरि पक्रेको छ । गिरफ्तारपछि वाग्लेलाई कहाँ लगिएको छ भन्ने केही थाहा हुन सकेको छैन… पुरा पढौ

काहुँ खानेपानीलाई बुद्ध मण्डलाको १० लाख

धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समिति पोखराले काहुँ खानेपानी उपभोक्ता तथा सरसफाइ समूहलाई १० लाख १ हजार १ सय ११ रुपैयाँ रकम हस्तान्तरण गरेको छ । उक्त रकम अवतारी गुरु दुप्सिङ रिम्पोछेको उपस्थितिमा काहुंँ खानेपानीका अध्यक्ष कुमार क्षेत्री, उपाध्यक्ष देव गुरुङ र बृहत काहुँ खानेपानीका उपाध्यक्ष खेमराज आचार्यलाई हस्तान्तरण गरिएको हो । काहुँको खानेपानी समितिले पटक–पटक पानीको समस्या रहेको बुद्व मण्डलामा आग्रह गरे बमोजिम बिभिन्न दाताहरुले दिएको दान रकमलाई… पुरा पढौ

बिरामी केसीलाई भेट्न अस्पताल पुगे रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिरामी भएर अस्पतालमा भर्ना भएका कास्की कांग्रेसका सभापति कृष्ण केसीसँग भेट गरेका छन् ।  दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा कास्की पुगेका नेता पौडेलले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुगेर जिल्ला सभापति केसीसँग भेट गरेका हुन् ।  सभापति केसीको केही दिनअघि शल्यक्रिया गरिएको थियो । पिसाव नलीमा समस्या देखिएपछि कांग्रेस नेता केसीलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न… पुरा पढौ

उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक असोज १ गतेदेखि

आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा हुने उपनिर्वाचनका लागि  असोज १ गतेबाट मतदाता नामावली अद्यावधिक गरिने भएको छ ।  ५१ पदका लागि ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक आगामी असोज १ गतेदेखि हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "सम्बन्धित वडाका मतदाताहरुलाई आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता… पुरा पढौ

चिनियाँ विदेशमन्त्रीले प्रचण्डलाई भेटे

पाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । वाङले मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रचण्डको सचिवालयले दुईबीचको भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको जनाएको छ । वाङले यसअघि नै राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए । वाङ नेपालको तीनदिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका थिए… पुरा पढौ

रवि लामिछाने विरुद्ध अर्को मुद्धा, प्रारम्भिक सुनुवाई आज

चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गरेर थुनामा राख्न माग गर्दै सोमबार फेरी अदालतमा निवेदन परेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणका आरोप लगाईएका रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा सोमबार निवेदन दर्ता गराएको छ । चितवन जिल्ला अदालतले आत्महत्या गर्न दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने… पुरा पढौ

कास्की-२ मा बामदेव गौतम चुनाव लड्ने लगभग पक्का !

महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ । कास्की २ बाट चुनाव लड्न ‘हेभिवेयट’ उम्मेदवारको चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । नेकपा कास्कीका एक प्रभावशाली नेताले गौतमलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको बताए । त्यसैगरी… पुरा पढौ

हामी छिट्टै मारिन्छौं भन्ने लागेको थियोः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध सुरु गर्दा आफूहरु छिटै मरिन्छ भन्ने अवस्थामा पुगेको बताएका छन् । सुरेश वाग्लेको स्मृति सभालाई सम्बोधन गर्दै उनले सोमबार यस्तो बताएका हुन् । उनले पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला मर्नका लागि तछाडमछाड भएको बताए । त्यसपछि सहिदको संख्या बढेर गएको बताए । “को बाँचिन्छ को मरिन्छ त्यसबेला ठेगान थिएन,” दाहालले भने,“ त्यसबेला हामी केन्द्रीय समितिमा १९ जना थियौं ।… पुरा पढौ

बामदेव गौतमलाई पनि डेंगु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ । उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए । केहि समय अगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।  पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं