बिरामी केसीलाई भेट्न अस्पताल पुगे रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिरामी भएर अस्पतालमा भर्ना भएका कास्की कांग्रेसका सभापति कृष्ण केसीसँग भेट गरेका छन् । 

दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा कास्की पुगेका नेता पौडेलले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुगेर जिल्ला सभापति केसीसँग भेट गरेका हुन् । 

सभापति केसीको केही दिनअघि शल्यक्रिया गरिएको थियो । पिसाव नलीमा समस्या देखिएपछि कांग्रेस नेता केसीलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

उपचारमा संलग्न वरिष्ठ शल्य चिकित्सक डा. नरेन्द्र गुरुङले पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।