नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ । उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए ।
शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए । केहि समय अगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।
सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।






