विप्लव समूहद्धारा साउन १५ गते बन्दको घोषणा (विज्ञप्तिसहित)
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीका नेता माइला लामाको गिरफ्तारी विरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । शनिबार सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै साउन ११ गतेदेखि १५ गतेसम्मका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । संघर्षका कार्यक्रमहरुमा साउन ११ गते प्रचार प्रसार, साउन १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकार्वाही, १४ गते मसाल जुलुस, १५ गते वाग्मती, नारायणी र जनक्पुरभित्र जिल्लाहरु बन्दको घोषणा…
पुरा पढौ
प्रधानमन्त्री ओलीको ठट्टा, ‘म नक्कली होइन, अस्थायी बिरामी’
अस्वस्थताका बावजुद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गंगालाल हृदय केन्द्रको नयाँ भवनको उद्घाटन गरेका छन्। स्वास्थ्य अवस्था ठीक नभएका कारण नआउने भन्ने चर्चा चलिरहेकै बेला आयोजकको जोडबलका कारण अस्पताल पुगेका प्रधानमन्त्री ओलीले पौराणिक र एतिहासिक कथाबाट सुरु गरेर आफ्नै बंगारो फुक्लेको कथासम्म सुनाउन भ्याए। शनिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा वहिरंग सेवा सञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अस्वस्थ भएको बताउँदा बताउँदै पनि झण्डै ४५…
पुरा पढौ
मौसमले अझै सचेत गराइरहेछ
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिर रहेको छ । यसका कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् विभूती पोखरेलका अनुसार उपत्यकामा बदली, देशभर बदली भइरहेको छ । हल्कादेखि मध्यम वर्षा हुनेछ । उपत्यकाभित्र वर्षा हुने सम्भावना छ । राति काठमाडौं उपत्यकामा निरन्तर वर्षा भएको थियो । पहाडी भूभागमा भने वर्षा हुनेछ । उनका अनुसार २/३ दिनका लागि मनसुन कम…
पुरा पढौ
यतीले भित्र्यायो पाँचाैं ‘एटिआर ७२-५००’ जहाज
निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमता भएको पाँचौं जहाज भित्र्याएको छ।यतीले ‘एटिआर ७२-५००’ जहाज भित्र्याएको हो। कल साइन ‘९एन-एएनजी’भएको जहाज शनिबार दिउँसो १:४० बजे अवतरण गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पाइलट आरके सिद्धि र आर बी खड्काले बैंककबाट जहाज उडाएर ल्याएका हुन्। योसहित यतीसँग १० थान जहाज भएका छन्। यती एयरलाइन्सले पोखरालाई पर्यटकीय गन्तव्य बनाउँदै अन्य सहरहरूमा पनि नियमित उडान गर्ने भएको छ। पोखराबाट काठमाडौंका लागि उडान…
पुरा पढौ
विजयपुरको बेलिव्रिजबाट विमानस्थलको सामान ल्याउन नपाउने !
पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि बेलिब्रिज (पुल) सञ्चालनमा ल्याइएको छ । विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बिम चर्किदा ठूला भार क्षमताका यातायातका साधन पुलबाट आवत-जावत रोक लगाइएकामा शनिबार साँझबाट बेलिब्रिज सञ्चालनमा ल्याएर यातायात वारपार शुरु गरिएको डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिए । गत फागुनमा पक्की पुल जीर्ण भएको पाइएपछि १० टनभन्दा माथिका गाडीलाई खोलामाथि डाइभर्सन निर्माण गरेर वारपार गरिएकामा…
पुरा पढौ
देशभरका काठका विद्युत् पोल हटाइने !
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले सरोकारलाहरुसंगको छलफल विना सरकारले कुनै पनि विधेयक नल्याउने बताएका छन् । शनिबार ललितपुरको जावलाखेलमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको दशौ राष्ट्रिय परिषद् बैठक तथा १५ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै उनले सबै ऐन र नीति निर्माणमा सरोकारवालहरुको सहभागिता गराईने प्रतिवद्धता जनाएका हुन् । उनले जलस्रोत ऐन र राष्ट्रिय जलस्रोत नीति पनि तयार भईसकेकाले आवश्यक प्रक्रिया पुरा गरेर ल्याईने उल्लेख गर्दै जनताको…
पुरा पढौ
राष्ट्रिय जनमोर्चाले किन रोक्यो वडाध्यक्षको जापान भ्रमण ?
नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ। शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन्। नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए। “नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो धारणा हो”, उनले भने, “पार्टीले रोकेपछि उहाँ जापान नजाने हुनुभएको छ।” नगरपालिकाको खर्चमा नगरप्रमुख ईन्द्रराज पौडेलसहितको टोली जापान भ्रमणमा जाने भएपछि त्यसको…
पुरा पढौ
समावेशी आयोगका अध्यक्ष सुवेदीले किन दिए राजीनामा ?
लामो समयसम्म पदाधिकारी पूर्णता सहितका समस्याहरुबाट गुज्रिँदै आएको समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएका छन् । शुक्रबार सुवेदीले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । शुक्रबार राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तीमा अध्यक्ष डा. सुवेदीले नेपालको संविधानको धारा २५८ को उपधारा ९४० को खण्ड (क) बमोजिम मिति २०७६ साउन १२ गतेदेखि लागू हुनेगरी राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पदबाट लिखित राजीनामा दिएको उल्लेख गरेका छन् । संविधानको भाग २७ मा…
पुरा पढौ
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा केसी सर्वसम्मत चयन
नेपालकै ठूलो यातायात संस्था पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा योगेन्द्र बहादुर केसी सर्वसम्मत चयन भएका छन् । संस्थाको शुक्रबार पोखरामा सम्पन्न प्रथम साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष पदमा चयन भएका हुन् । उनी यसअघि महासचिवको भूमिका निर्वाह गरेका थिए । अध्यक्षमा चयन भएपछि केसीले संस्थालाई अझ राम्रो र सभ्य ढंगले सञ्चालन गर्ने प्रतिवद्धता जनाए । साथै उनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा पहल गर्ने र व्यवसायीको हरेक पिर…
पुरा पढौ
कास्कीमा सडक दुर्घटनामा ३१ को मृत्यु (आव २०७५/०७६ को तथ्यांक)
कास्कीमा आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्यांकअनुसार गत आवमा ज्यान गुमाउनेको संख्या ३१ रहेको छ । अघिल्लो आवमा सवारी दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए । आव २०७५/७६ मा ८२ दुर्घटनामा ८० जना घाइते भएका थिए । अघिल्लो आवमा ७९ दुर्घटना भएकोमा ८८ घाइते भएका थिए । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधानको संख्या…
पुरा पढौ