कांग्रेसले खटायो जिल्ला प्रतिनिधि, कुन नेता कहाँ ?

नेपाली कांग्रेसले हिमाल, पहाड, तराई-मधेश जागरण अभियानको दोस्रो चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सूची सार्वजनिक गरेको छ ।

सो जागरण यही भदौ २४ देखि असोज ७ गतेसम्म चल्ने जनाइएको छ । प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशमा खटिने प्रतिनिधिहरूको सूची कांग्रेसले सार्वजनिक गरेको हो ।

जसअनुसार ताप्लेजुङमा झापाका राजनबहादु ढुंगाना र सुरेश सुब्बा, पाँचथरमा पनि झापाकै डा. खगेन्द्र अधिकारी र देउकुमार थेवे, इलाम–१मा झापाका दीपेन्द्रप्रसाद ढकाल र ताप्लेजुङका केशवप्रसाद दाहाल, ईलाम–२मा मोरङका विश्वनाथ रिजाल र ताप्लेजुङका डीबी रार्ई, संखुवासभामा मोरङका सूर्यमाराज राई र झापाका अनिलकृष्ण प्रसाईलाई तथा तेह्रथुममा पाँचथरका सुरेन्द्र दाहाल र ताप्लेजुङका प्रतापप्रकाश हाङनामलाई खटाइएको कांग्रेसले जनाएको छ ।

यस्तै, धनकुटामा झापाका विश्वदीप लिंगदेन र मोरङका घनेन्द्र कुँवर (सुमन)लाई, भोजपुरमा खोटाङका सुभाषकुमार पोखरेललाई, खोेटाङमा सोलुखुम्बुका आङगेलु शेर्पा र ओखलढुंगाकी गोमा केसीलाई खटाएको जनाइएको छ । सोलुखुम्बुमा सिन्धुलीका मोहनप्रसाद बराल र खोटाङका दिनेश राईलाई, ओखलढुंगामा खोटाङका बीरकाजी राई र खोटाङका सवर्धन राईलाई,उदयपुर–१मा खोटाङका सरस्वती बजिमय र इलामका भूपेन्द्र कट्टेलाई खटाइएको जनाइएको छ ।

उदयपुर–२मा सुनसरीका किशोर राई र झापाका केशवराज पाण्डेलाई खटाइएको कांग्रेसले जनाएको छ । यस्तै, झापा–१मा मोरङका रमेशजंग रायमाझी र मोरङकै विन्दिया कार्की, झापा–२मा मोरङका बसन्त भट्टराई र मोरङकै डा सुनिलकुमार शर्मा,झापा–३मा मोरङका केदार कार्की र मोरङकै हसन अन्सारी, झापा–४ मा ताप्लेजुङका दीपेन्द्रकुमार सेन्दाङ र मोरङका लोकप्रसाद संग्रौला, झापा–५ मा सुनसरीका विनोद राई र मोरङका शेखरचन्द्र थापा, मोरङ १ मा झापाकी सीतादेवी पौडेल र सुनसरीका चन्द्रप्रसाद श्रेष्ठ, मोरङ २ मा सुनसरीका हेमराज कर्ण पौडेल र सिरहाका डा गणेश मण्डल, मोरङ ३ मा उदयपुरका हिमाल कार्की र झापाका खड्ग प्रसाई, मोरङ ४ मा झापाका ओमप्रकाश सराबगी र ओखलढुंगाका मित्रसेन दाहाल,मोरङ ५मा सुनरीका रेवतीरमण दुलाल र भगिरथकुमार पोद्धार तथा मोरङ ६मा भोजपुरका उमेशजंग रायमाझी र खोटाङका शिवकुमार बस्नेतलाई खटाइएको कांग्रेसले जनाएको छ ।

यसैगरी, सुनसरी १ मा संखुवासभाका थलकुमार लिंखा र धनकुटाका आनन्द सन्तोषी राई, सुनसरी २ मा झापाका विनकुमार विश्वकर्मा र झापाकै भूमिप्रसाद राजबंशी, सुनसरी ३ मा धनकुटाका हरि अधिकारी, सुनसरी ४ मा मोरङका सुकदेवप्रसाद मण्डल र मोरङकै दिलीप गच्छदारलाई खटाइएको जनाइएको छ ।

यस्तै कर्णाली प्रदेश अन्तर्गत रुकुम (पश्चिम) मा जाजरकोटकी मैना रावल र सल्यानका एकराज डाँगी, सल्यानमा सुर्खेतका खड्गबहादुर बस्याल र दैलेखकी सीता राना मगर, डोल्पामा जाजरकोटका वेदराज सिंह र जुम्लाका भीमनिधि हमाल, जुम्लामा रुकुमका कृष्णबहादुर रोकाया र सुर्खेतका टेकबहादुर सिंहलाई तोकिएको जनाइएको छ ।

मुगुमा जुम्लाका ललितजंग शाही र कालिकोटका टेकबहादुर शाही, हुम्लामा मुगुका ऐनबहादुर शाही र चितवनका दिनेश कोइराला,कालिकोटमा मुगुका तिलक मल्ल र हुम्लाका रिता शाही, जाजरकोटमा सुर्खेतका झकबहादुर डाँगी र डोल्पाका टंकप्रसाद उपाध्याय, दैलेखमा कालिकोटका मोतिराम बम ठकुरी र जाजरकोटका राजीव विक्रम शाह, दैलेख २मा जाजरकोटका सनतकुमार कार्की र सुर्खेतका लोकबहादुर बिक तोकिएका छन् ।

सुर्खेत १ मा कालिकोटका कालिबहादुर सहकारी र दैलेखका जगतजंग थापा, सुर्खेत २ मा बाँकेका निरञ्जनसिंह सिजापति र रुकुमका मानबहादुर नेपाली तोकिएका छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरामा बैतडीका उत्तरबहादुर ऐर र अछामका बलबहादुर कुँवर, बझाङमा बाजुराका पदमबहादुर शाही र डडेल्धुराका नरभान कामी, डोटीमा कैलालीका नारायणदत्त मिश्र र बैतडीका हरिमोहन भण्डारी, अछाम–१ मा कैलालीका हिमबहादुर रावल र कैलालीका गोविन्दराज जोशी, अछाम–२ मा दार्चुलाका मदन गिरी र कालिकोटका हिक्मतबहादुर बिष्ट, दार्चुला १ मा कैलालीका लक्षमणबहादुर शाही र कञ्चनपुरका गोपाल गुरुङ, बैतडीमा डडेल्धुराका रघुबर भट्ट र अछामका पुष्पबहादुर शाही, डडेल्धुरामा कञ्चनपुरका अन्तराम भट्ट र कञ्चनपुरकै बेलबहादुर राना,कञ्चनपुर १ मा कैलालीका प्यारेलाल राना र कैलालीकै बुद्धिसागर चौधरी तोकिएका छन् ।
कञ्चनपुर २ मा कैलालीकी डा. आरजु राणा देउवा र कैलालीकै टेकबहादुर रैका, कञ्चनपुर ३ मा दार्चुलाका बिक्रमसिंह धामी र बैतडीका शिबराज भट्ट, कैलाली १ मा दाङका कमलकिशोर घिमिरे र बर्दियाका अरुणप्रकाश सिंह राठौर, कैलाली २ मा अछामका अक्कलबहादुर बिष्ट र अछामकै टेकबहादुर साउद,कैलाली ३मा बाँकेका लक्ष्मीनारायण शाह र अछामका अम्बीकुमारी थापा, कैलाली ४ मा डोटीका योगेन्द्रबहादुर शाही र कञ्चनपुरका दिवानसिंह बिष्ट, कैलाली ५ मा बझाङका पृथ्वीबहादुर सिंह र अछामका मेघराज खड्का खटाइएको नेपाली कांग्रेसले जनाएको छ ।