जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको २ स्थानबाट मोटो रकमसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
सूचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा पोखरा–८, न्यूरोडको बुद्धमार्गबाट ६ जना र पोखरा–३२, तल्लो गगनगौंडाबाट १९ जना जुवाडे पक्राउ परेका हुन् ।
न्यूरोडको जुवा खालबाट १ लाख ६५ हजार २२० रुपैयाँ र गगनगौंडाको खालबाट १ लाख ६ हजार ७४८ रुपैयाँ गरी २ लाख ७१ हजार ९६८ रुपैयाँ बरामद भएको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।






