मुख्य समाचार

जंगलमा नाबालिकाको मुख थुनेर बसेको थाहा पाएपछि…

बालिका अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । बिहान ८ः३० बजेदेखि बन्धक बनाइएकी बालिकाको सकुशल उद्धार गरिएको छ ।  बालिकालाई सुरक्षित गर्ने विभिन्न रणनीति अपनाएर अपहरणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान रुपन्देहीको रोहिणी गाउँपाकिा–२ स्थित रोहिणी जंगलबाट प्रहरीले बालिकाको उद्धार गरेको हो ।  अपहरणकारी भारत घर भई हाल रुपन्देही कोटियहवाका २३ वर्षीय मनिस निगमलाई रोहिणी जंगलबाट बालिकाको मुख थुनेर बोल्न नदिएको… पुरा पढौ

प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य, अब नियमित गर्न सक्ने

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्किएका छन् । गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए ।   प्रधानमन्त्रीका नीजि चिकित्सक डा.दिव्या सिंह शाहले आज एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छिन् । डा.शाहले विज्ञप्तिमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको… पुरा पढौ

पोखराको यादव किराना स्टोर्सका सञ्चालक दीपक फरार, व्यापारीहरू तनावमा

पोखराको सिमलचौरस्थित यादव किराना स्टोर्सका सञ्चालक फरार भएको भन्ने हल्लाले पोखरा बजार तातेको छ । स्रोतका अनुसार यादव किराना स्टोर्सका सञ्चालक दीपक यादव ३ दिनदेखि सम्पर्कमा छैनन भने उनको पसल समेत बन्द अवस्थामा छ । यादव लाखौं रुपैयाँ ठगेर फरार भएको आशंका गरिएको छ । उनीबाट पोखराका धेरै व्यापारीहरू पीडित बनेको बताइन्छ । उनीसंग मोटो रकम उठाउन बाँकी रहेका व्यापारीहरू यतिबेला तनावमा छन् । यादव पीपीगञ्ज गोरखपुर, भारत निवासी हुन्… पुरा पढौ

क्यान महासंघ कास्कीको अध्यक्षमा रुक्मांगत भण्डारी निर्वाचित, अन्य पदमा मतदान जारी

क्यानको आठौं अधिवेशनबाट नयाँ नेतृत्वमा रुक्मांगत भण्डारी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा भण्डारी निर्विरोध भए पनि ११ सदस्य चयनका लागि मतदान जारी छ । क्यानको विधानमा चुनावबाट ११ सदस्य निर्वाचित गर्ने र सोहीमध्येबाट पदाधिकारी चयन गर्ने व्यवस्था छ । क्यान कास्कीको पदाधिकारी तथा सदस्यका लागि आवश्यक ११ पदमा १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयुक्त ठाकुर प्रसाद अधिकारीले जानकारी दिए । निर्वाचनमा १२१ जना सदस्यले मतदान गर्दैछन् । पुरा पढौ

‘ओलीकै नेतृत्वमा मन्त्रिमण्डल हेरफेर’

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् । झापाको चन्द्रगढीमा शुक्रबार प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।”   वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ-टोलसम्म नै टुङ्गिसकेकाले… पुरा पढौ

फर्किए प्रधानमन्त्री ओली, तस्विरमा हेर्नुहोस्

दुई साता सिंगापुरमा उपचार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएछन् ।  प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए ।  प्रम ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत विमानस्थलमा उपस्थित थिए । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।… पुरा पढौ

एसिड आक्रमणमा परेकी किशोरीलाई काठमाडौं रिफर, मुख र छातीमा गम्भीर समस्या

 एसिड आक्रमणमा परेकी वीरगञ्ज महानगरपालिका–३ कि १५ वर्षीया किशोरीलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल रिफर गरिएको हो । एसिड आक्रमण परेकी खातुन थरकी किशोरीको मुख र छातीमा गम्भीर समस्या देखिएको छ । वीरगञ्ज महानगरपालिका–६ गणेशमान चोकमा सम्साद मिया र सोही महानगरपालिका–२ छप्कैया बस्ने माजिद आलमले कक्षा ९ मा अध्ययनरत किशोरीलाई एसिड प्रहार… पुरा पढौ

कास्की कांग्रेसका सभापति कृष्ण केसी अस्वस्थ, अस्पताल भर्ना

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी अस्वस्थ भएका छन् । उनी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका छन् । उनको आज शुक्रबार साँझ अपरेशनको तयारी भएको कास्की कांग्रेसले जनाएको छ । उनको पिसाव नलीमा समस्या देखिएको थियो । अपरेशन नै गर्नुपर्ने चिकित्सकको सझाव अनुसार उनी अस्पताल भर्ना भएका हुन् । सभापति केसीले आफू अस्वस्थ भएर अस्पताल भर्ना हुन लागेको जानकारी गराउँदै बिहीबार सूचना जारी गरेका थिए । पुरा पढौ

नेपाली सेनाको ट्रकले ठक्कर दिँदा १ जनाको मृत्यु

बिहीबार साँझ त्रिपुरेश्वर चोक नजिकै नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक लेख बहादुर पुनको मृत्य भएको हो ।  अर्घाखाँची घर भएका अन्दाजी २६ वर्षीय पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । पुन सांगीतिक क्षेत्रमा आबद्व रहेको पाइएको छ ।  प्रहरीका अनुसार ट्रक चालक जीवन… पुरा पढौ

‘विप्लवजी कहाँ हुनुहुन्छ ? सिधै आउनुहोस् काठमाडौं’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जर्नादन शर्मा (प्रभाकर) ले भूमिगत रुपमा राजनीतिक गतिविधि गर्दै आएका नेत्र विक्रम चन्द (विप्लव)लाई काठमाडौं आएर राजनीतिक निकासका लागि खुल्ला छलफलमा सहभागी हुन आग्रह गरेका छन् । दाङको  तुलसीपुरमा शुक्रवार बिहान प्रेस संगठन दाङले गरेको पत्रकार सम्मेलनमा नेकपाका संगठन विभाग उपप्रमुख समेत रहेका शर्माले त्यस्तो बताएका हुन । ‘विप्लवजी सिधै काठमाडौं आउनुहोस् के–के कुरामा छलफल गर्ने खुला छलफल गरौं,’ पूर्व गृहमन्त्री समेत रहेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं