क्यानको आठौं अधिवेशनबाट नयाँ नेतृत्वमा रुक्मांगत भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा भण्डारी निर्विरोध भए पनि ११ सदस्य चयनका लागि मतदान जारी छ ।
क्यानको विधानमा चुनावबाट ११ सदस्य निर्वाचित गर्ने र सोहीमध्येबाट पदाधिकारी चयन गर्ने व्यवस्था छ ।
क्यान कास्कीको पदाधिकारी तथा सदस्यका लागि आवश्यक ११ पदमा १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयुक्त ठाकुर प्रसाद अधिकारीले जानकारी दिए ।
निर्वाचनमा १२१ जना सदस्यले मतदान गर्दैछन् ।






