ताजा समाचार

भाद्र २० गते २०७६

पोखराको यादव किराना स्टोर्सका सञ्चालक दीपक फरार, व्यापारीहरू तनावमा

पोखराको सिमलचौरस्थित यादव किराना स्टोर्सका सञ्चालक फरार भएको भन्ने हल्लाले पोखरा बजार तातेको छ ।

स्रोतका अनुसार यादव किराना स्टोर्सका सञ्चालक दीपक यादव ३ दिनदेखि सम्पर्कमा छैनन भने उनको पसल समेत बन्द अवस्थामा छ ।

यादव लाखौं रुपैयाँ ठगेर फरार भएको आशंका गरिएको छ । उनीबाट पोखराका धेरै व्यापारीहरू पीडित बनेको बताइन्छ ।

उनीसंग मोटो रकम उठाउन बाँकी रहेका व्यापारीहरू यतिबेला तनावमा छन् । यादव पीपीगञ्ज गोरखपुर, भारत निवासी हुन् । उनी सपरिवार फरार भएको बताइन्छ ।

उनले करिब ३ वर्ष अघिमात्र उक्त पसल सञ्चालन गरेका थिए ।

उनले विभिन्न व्यापारी, व्यक्ति, बैंक र सहकारीलाई समेत रकम तिर्न बाँकी रहेको बुझिएको छ ।

उनले पोखराका प्रतिष्ठित व्यक्तिहरूलाई साक्षी राखेर बैंक तथा सहकारीबाट लाखौं रकम निकालेको बताइन्छ ।

उनको पसलमा काम गर्ने कर्मचारीलाई समेत २/३ महिनाको तलव नदिएको बताइन्छ ।


Loading...