नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी अस्वस्थ भएका छन् ।
उनी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका छन् ।
उनको आज शुक्रबार साँझ अपरेशनको तयारी भएको कास्की कांग्रेसले जनाएको छ ।
उनको पिसाव नलीमा समस्या देखिएको थियो ।
अपरेशन नै गर्नुपर्ने चिकित्सकको सझाव अनुसार उनी अस्पताल भर्ना भएका हुन् ।
सभापति केसीले आफू अस्वस्थ भएर अस्पताल भर्ना हुन लागेको जानकारी गराउँदै बिहीबार सूचना जारी गरेका थिए ।






