काहुँ खानेपानीलाई बुद्ध मण्डलाको १० लाख

धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समिति पोखराले काहुँ खानेपानी उपभोक्ता तथा सरसफाइ समूहलाई १० लाख १ हजार १ सय ११ रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

उक्त रकम अवतारी गुरु दुप्सिङ रिम्पोछेको उपस्थितिमा काहुंँ खानेपानीका अध्यक्ष कुमार क्षेत्री, उपाध्यक्ष देव गुरुङ र बृहत काहुँ खानेपानीका उपाध्यक्ष खेमराज आचार्यलाई हस्तान्तरण गरिएको हो ।

काहुँको खानेपानी समितिले पटक–पटक पानीको समस्या रहेको बुद्व मण्डलामा आग्रह गरे बमोजिम बिभिन्न दाताहरुले दिएको दान रकमलाई समितिको निर्णय बमोजिम हस्तान्तरण गरिएको धर्मकाया बुद्व मण्डलाका सचिब राजबहादुर गुरुङले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा समितिका सल्लाहकार अशोक पालिखेले काहुंँको खानेपानी समस्यालाई योगदान दिन रकमको सहीसदुपयोग हुने विश्वास व्यक्त गरे ।

काहुँ खानेपानीका अध्यक्ष कुमार क्षेत्रीले बुद्व मण्डला निर्माणका अतिरिक्त गाउंँबासीलाई समेत पानीको योजना सम्पन्न भएपछि लाभान्वित हुने विश्वास ब्यक्त गरे ।

धर्मकाया बुद्व मण्डला विकास तथा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भरतराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजबहादुर गुरुङले गरेका थिए ।