आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा हुने उपनिर्वाचनका लागि असोज १ गतेबाट मतदाता नामावली अद्यावधिक गरिने भएको छ ।
५१ पदका लागि ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक आगामी असोज १ गतेदेखि हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित वडाका मतदाताहरुलाई आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटी सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्ध गरेका मतदाताहरुको नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्न आग्रह गरिन्छ ।”
३७ जिल्लाका १५४ वडामा ४,४७,७९२ मतदाताको नामावली विवरण तयार गरी अद्यावधिक कार्यक्रम (दाबी बिरोध) गर्न सम्बन्धित जिल्लासमेत पठाइसकेको आयोगले जनाएको छ ।
यस्तो छ मतदाता नामावली अद्यावधिक समयतालिका








