मुख्य समाचार

चितवनमा अटो दुर्घटनाहुदा ५ को मृत्यु १ घाइते

राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ भन १ जना गम्भीर घाइते भएका छन्। शनिबार साँझ राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणि भण्डारी,… पुरा पढौ

द भ्वाइस अफ नेपालको उपाधी राम लिम्बुलाई

द भ्वाइस अफ नेपाल दोश्रो सिजनको बिजेताको उपाधी झापाका राम लिम्बुले जित्न सफल भएका छन । शनिबार दर्शकको भोटिङको आधारमा घोषणा गरिएको नतिजामा उनि बिजेताको भागेदार भएका हुन् । उनले उपाधी चुमे संगै डाटसन रेडि गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व साङगितिक भ्रमणको अवसर पाएका छन् । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका… पुरा पढौ

बिरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी

गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिएका हुन्। पारिवारिक निजी वन सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक सोतसाधनलाई उपयोग गरिने तयारी रहेको बताए । सङ्घ केन्द्रीय अध्यक्ष जोगराज गिरीले वनमा काठ सडेर… पुरा पढौ

पोखरामा सुनिए हिमाल, पहाड र तराइका मौलिक धुन

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले युवा पुस्तालाई पुराना बाजाका बारेमा चासो लिन आग्रह गरेका छन् । युवाले चासो नलिए मौलिक बाजा इतिहासमा समेत नभेटिने उनले चेतावनी दिए । पश्चिमी बाजाको प्रभावका कारण नेपाली मौलिक बाजाहरु हराउँदै गएकोमा उनले चिन्ता जनए । नेपाल संगीत नाट्य एकेडेमीको आयोजना तथा हिमाली सांस्कृतिक परिवारको सहकार्यमा शनिबार सकिएको ‘गण्डकीका धुनहरु’ कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पछिल्लो समय पश्चिमी बाजाको प्रभावका कारण नेपालका मौलिक बाजा लोपोन्मुख… पुरा पढौ

लिपुलेकमा अनशन बस्न गएका बस्याल बाटैमा विरामी, यसरी गरियो उद्धार

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकमा अनशन बस्न गएका के एन बस्यालको शुक्रवार हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। बस्याल मंसिर १३ गते जिल्ला सदरमुकाम खलंगाबाट लिपुलेक अनसन बस्न भनेर गएका भएपनि स्वास्थ्यमा समस्या आएपछि उनलाई हेलिकप्टर मार्फत जिल्ला सदरमुकाम खलंगा ल्याएको हो । भारतले नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेसंगै भुमी फिर्ताको माग राख्दै बस्याल अनसन बस्न लिपुलेक गएका थिए । काठमाडौंबाटै अनसन बसेर आएका… पुरा पढौ

कांग्रेसले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउने

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सवै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध पार्टीले देशव्यापी अभियान संचालन गर्ने बताएका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको अनियमितता, वेथिति, ढिलासुस्ती र नगरप्रमुखको मनोमानी बिरुद्ध शुक्रबार पार्टीको नगर संघर्ष समितिले आयोजना गरेको विरोध सभामा प्रवक्ता शर्माले स्थानीय तहमा १ रुपैयाँ मात्र पनि भ्रष्टाचार भए कांग्रेस विरोधमा उत्रने चेतावनी दिए । शर्माले नेकपा नेतृत्वको सरकार गठनपछि देशमा वाइडबडी जहाज खरिद प्रकरणदेखि बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा… पुरा पढौ

सुवास नेम्वाङलाई सभामुख बनाउन यस्तो तयारी, प्रचण्ड पनि सकारात्मक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् । अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय २ जनाबीच सभामुखको बारेमा पनि लगभग सहमति भएको स्रोतको दावी छ तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आफ्ना पक्षका नेताहरूसँग कुरा गर्न बाँकी रहेको कारण’ त्यसलाई अन्तिम रुप दिन सकेको छैन । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूल सभामुख बनाउने अडान पार्टीमा लिएका… पुरा पढौ

‘स्मार्ट लाइसेन्स’ कहिले छापिन्छ ?

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो । केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ शुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार अहिले विभागका सात जना कर्मचारीले उपकरण सञ्चालनको तालीमसमेत… पुरा पढौ

सुनुवार परिवारलाई बिमा हस्तान्तरण

मुस्ताङको घरपझोङ गाउपालिका स्थित नमुना आधारभुत विद्यालयमा कार्यरत दिवंगत पूर्व शिक्षक सुन्दर सुनुवारका परिवारलाई मंगलबार बिमा हस्तान्तरण गरिएको छ । लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल पोखरा शाखा मार्फत ७ वर्षअघि जिवन बिमा गरेका सुनुवार परिवारलाई ४ लाख १२ हजार ८ सय रुपैयाको चेक हस्तान्तरण गरिएको अभिकर्ता ह्दयप्रसाद श्रेष्ठले जानकारी दिए । सुनुवार परिवारका तर्फबाट हकवाला धर्मपत्नी रिना सुनुवारलाई पुर्थाङ आमा समुहका सदस्यले बिमा हस्तान्तरण गरेको हो । दिवंगत सुनुवारले उक्त लाईफ… पुरा पढौ

दोलखाका ‘घुस्याहा’ सिडिओ काठमाडौं तानिए

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् ।घुस प्रकरणमा मुछिएका रिजाललाई छानविनका लागि तानिएको हो । रिजालले मेलुङ गाउँपालिका-४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको छ । यसअघि अख्तियारकै कर्मचारी समेत रहेका प्रजिअ रिजालले जनप्रतिनिधिमाथि हातपातकोको आरोपमा पक्राउ परेका लामा र तामाङसँग मुद्दा नचलाउने भन्दै सो रकम लिएको तथ्य सार्वजनिक भएको थियो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं