ताजा समाचार

मंसिर २० गते २०७६

दोलखाका ‘घुस्याहा’ सिडिओ काठमाडौं तानिए

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् ।घुस प्रकरणमा मुछिएका रिजाललाई छानविनका लागि तानिएको हो ।

रिजालले मेलुङ गाउँपालिका-४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको छ ।

यसअघि अख्तियारकै कर्मचारी समेत रहेका प्रजिअ रिजालले जनप्रतिनिधिमाथि हातपातकोको आरोपमा पक्राउ परेका लामा र तामाङसँग मुद्दा नचलाउने भन्दै सो रकम लिएको तथ्य सार्वजनिक भएको थियो ।