मुख्य समाचार

एकाएक मौसम परिवर्तन, यसरी बढ्दै छ चिसो

एकाएक देशको मौसम चिसिएको छ । भूमध्य सागरको वायुको प्रभावले अबका केही दिन मुलुकभरको मौसम प्रभावित बन्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको तर बुधबार रातिबाट पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव नेपालमा पर्ने विभागले जनाएको छ । यसबाट उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिमपातसहित धेरै ठाउँमा हल्का वर्षा हुने भएको छ। भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकस्मिर हुँदै मुलुकको… पुरा पढौ

एक हजार ९६ शाखा अधिकृतका लागि जागिर खुला

लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि आज (बुधबार) विज्ञापन आह्वान गरेको हो । आयोगका अनुसार सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ ।  त्यस्तै, लेखातर्फ ३० राजस्व सेवाअन्तर्गत ६९, लेखापरीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका… पुरा पढौ

उपसभामुख शिवमायाले राजीनामा दिने

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते संसद अधिवेशन बोलाएपछि तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् । सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले तुम्बाहाङ्फेलाई राजीनामा गर्न सुझाव दिँदै आएको थियो । नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको बताइन्छ । संविधानमा सभामुख… पुरा पढौ

पोखरामा छिरिङको एकल चित्रकला प्रर्दशनी हुँने

गण्डकी प्रदेशको राजधानी पोखरा लेकसाईडमा उपल्लो मुस्ताङको छोसेर निवासी छिरिङ फोन्जो गुरुङले एकल चित्रकला प्रर्दशनी गर्ने भएका छन् । गण्डकी प्रदेशको पर्यटन वर्ष तथा भिजिट नेपाल २०२० लाई सफल पार्न उनले चित्रकला प्रर्दशनी गर्ने योजना रहेको जनाएका छन् । सानै उमेर देखि चित्रकारितामा अभिरुचि राख्दै आएका उनले विभिन्न व्यक्ति तथा चित्रकारिता सिकाउने प्रशिक्षण केन्द्रबाट यस संम्वन्धि कोर्श पुरा गरे । गण्डकी प्रदेश पोखराको लेक साईड स्थित होटल बाराहीमा उनले चित्रकला… पुरा पढौ

सडक कार्यालय प्रमुख घूससहित पक्राउ

सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन मंगलबार घुस लिँदालिँदै पक्राउ परेका छन् । काठमाडौं बानेश्वरको एक क्याफेमा करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्रेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । रनिङ बिल भुक्तानी गरिदिने उनी उनीहरुले घुस लिएका थिए । पुरा पढौ

प्रधानमन्त्री ओली फेरि ग्रान्डी अस्पतालमा

प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा फेरि राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । पुरा पढौ

पोखराको दिगो विकासका लागि डिएफआइडीसँग सम्झौता

पोखरा महानगरपालिका र बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजना –एनयुआरपी) सञ्चालनसम्बन्धी समझदारी भएको छ । पोखरा महानगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा पोखराका प्रमुख मानबहादुर जिसी र बेलायतको डिएफआइडीको तर्फबाट उत्थानशीलता तथा समावेशीता टोली प्रमुख साइमन लुकासले हस्ताक्षर गरेका हुन् । यो परियोजनाको मुख्य उद्देश्य आर्थिक वृद्धि र अवसरलाई समन्यायिक वितरणमा सहयोग पु¥याउने हो । सक्षम संस्था र दीगो विकासको माध्यमबाट भविश्यमा आइपर्ने चुनौतीलाई सहजतापूर्वक व्यवस्थापन गर्न परियोजनाले… पुरा पढौ

सागप्रति पूर्वराजा ज्ञानेन्द्र निकै खुशी, दिए बधाई

 १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् ।  शाहले मंगलबार साँझ एक सन्देश जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति खुसी व्यक्त गरेका छन् ।  ज्ञानेन्द्रले १३ औं साग सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवम् व्यवस्थापकप्रति धन्यवाद व्यक्र गरेका छन् । सागमा नेपाल ५१ स्वर्णपदक जित्न सफल भएको छ।   पुरा पढौ

पुस ४ गतेका लागि संसद बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए । संसदको चौथो अधिवेशन गत असोज २ गते सकिएको थियो । संसद अधिवेशन… पुरा पढौ

प्रम ओलीका सल्लाहकार थापाको अर्को झटारो, ‘मनुवा हुन् कि ढेंडु ?’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताबीचको आरोप प्रत्यारोप चलिरहेको छ । कहिले सामान्य तरिकाले कहिले उद्दण्ड तरिकाले । हुनत डेड वर्षअघि पार्टी एकता भए पनि पूर्ण एकता अहिलेसम्म हुन नसकेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र (हाल एकता भएर नेकपा) का नेताहरुबीचकोआरोप प्रत्यारोप नौलो हैन ।  तर पछिल्लो समय फेरि बढिरहेको छ । त्यसलाई बढाउने काममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा लागिरहेको आरोप उनीमाथि छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं