नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताबीचको आरोप प्रत्यारोप चलिरहेको छ । कहिले सामान्य तरिकाले कहिले उद्दण्ड तरिकाले ।
हुनत डेड वर्षअघि पार्टी एकता भए पनि पूर्ण एकता अहिलेसम्म हुन नसकेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र (हाल एकता भएर नेकपा) का नेताहरुबीचकोआरोप प्रत्यारोप नौलो हैन ।
तर पछिल्लो समय फेरि बढिरहेको छ । त्यसलाई बढाउने काममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा लागिरहेको आरोप उनीमाथि छ । हुनत उनी ओली खेमाका हैनन् । तर जिम्मेवारीले उनलाई ओलीको सबैभन्दा ठूलो भक्त बनाइदिएको छ ।
फेरि अर्कैका समाचार राखिदिँदा कुरै नबुझी उनीजस्तो संचारको महत्व बुझेकालाई पाठ पढाउने धेरै देखिएका छन् । सोमबारदेखि देखिएको दोहोरीलाई उनले मंगलबार पनि निरन्तरता दिएका छन् ।
मंगलबार सामाजिक संजाल फेसबुकमा थापाले लेखे, ‘मेरो स्टाटस हो कि अरुको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हु्न् कि ढेंडु ? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरु ? छिःछि ! मान्छे बन्न अझै कति समय लाग्ने हो ???’






