पोखरामा छिरिङको एकल चित्रकला प्रर्दशनी हुँने


गण्डकी प्रदेशको राजधानी पोखरा लेकसाईडमा उपल्लो मुस्ताङको छोसेर निवासी छिरिङ फोन्जो गुरुङले एकल चित्रकला प्रर्दशनी गर्ने भएका छन् । गण्डकी प्रदेशको पर्यटन वर्ष तथा भिजिट नेपाल २०२० लाई सफल पार्न उनले चित्रकला प्रर्दशनी गर्ने योजना रहेको जनाएका छन् ।


सानै उमेर देखि चित्रकारितामा अभिरुचि राख्दै आएका उनले विभिन्न व्यक्ति तथा चित्रकारिता सिकाउने प्रशिक्षण केन्द्रबाट यस संम्वन्धि कोर्श पुरा गरे । गण्डकी प्रदेश पोखराको लेक साईड स्थित होटल बाराहीमा उनले चित्रकला प्रर्दशनी गर्ने जनाएका छन् । विदेशी पर्यटकलाई रुचिको बिषय बनेको चित्रकारिता बारे उनले आगन्तुकलाई जानकारी गराउने छन् । उनको चित्रकारिता उपल्लो मुस्ताङको भौगोलिक ,सास्कृति र धार्मिक परम्पराग र पुरातात्तिक महत्वको तस्विर देखाउने छन् । उनले विदेशी चित्रकार संग उपल्लो मुस्ताङको छोर्तेनलाई पुन निर्माण गर्ने र बुट्टा भर्ने काम पुरा गरेका छन् । लेक साईड पोखरामा यही पुस ९ गते देखि ११ गते सम्म ३ दिन चित्र प्रर्दशनी शो गर्ने उनको योजना छ ।


प्रर्दशनीको पहिलो दिन दिउसो २ बजे प्रर्दशनी उद्घाटन हुने छ भने दोश्रो र तेश्रो दिन बिहान ९ बजे देखि साझ ६ बजे सम्म उनले पर्यटकलाई चित्र देखाउने छन् । निकै दुर्लभ मानिएका ऐतिहासिक बस्तुहरुको चित्रकारिता शो संगै आफुले गरेका सृजनालाई समेत बिक्री गर्ने छिरिङले बताए ।