सडक कार्यालय प्रमुख घूससहित पक्राउ

सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन मंगलबार घुस लिँदालिँदै पक्राउ परेका छन् ।

काठमाडौं बानेश्वरको एक क्याफेमा करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्रेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । रनिङ बिल भुक्तानी गरिदिने उनी उनीहरुले घुस लिएका थिए ।