स्वास्थ्य

आइसोलेसनमा रहेकी महिलाको मृत्यु

जिल्ला अस्पताल अछामको आइसोलेसनमा उपचाररत महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका ५ की ५१ वर्षीया महिलाको निधन भएको हो । ती महिलाको स्वाब कोभिड १९ को जाँचका सुर्खेत पठाइएको छ । कोरोना भाइरसको आशंकामा वैशाख १५ गतेबात आइरसोलेसनमा राखिएकी ती महिलामा ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए पनि उनको आरडीटी परीक्षणको नतिजा भने नेगेटिभ आएको थियो । पुरा पढौ

नेपालको कोरोना संक्रमण विश्वमै फरक छ

संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पुरा भएको छ | चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनिया पर्यटकहरुको आवतजावत बाक्लो नै थियो | त्यस्तै युरोप, अरबियन देश तथा भारतबाट आउने संख्या पनि कम थिएन | गत जनवरीमा नेपालबाट आफ्नो देश गएका स्पेनका नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने नेपालबाट अस्ट्रेलिया गएका नेपाली बिद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको थियो | यसबाट के अनुमान गर्न सकिन्छ भने नेपालमा डिसेम्बरको अन्त्य,… पुरा पढौ

बागलुङका २ स्वास्थ्यकर्मीको स्वाब परीक्षण

कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ । दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा कार्यरत एक चिकित्सक र एक निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको शङ्कास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए। गुरौंका अनुसार कोरोना लक्षण देखिएका निजी क्लिनकमा काम गर्ने स्वास्थ्यकर्मी र धौलागिरि अञ्चल अस्पतालका एक चिकित्सकको स्वाब परीक्षणका लागि पठाइएको थियो । कोरोना… पुरा पढौ

पोखरा २८ का २ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा–२८ कालिकास्थानमा रहेको कालिका स्वास्थ्य चौकी र माझठाना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पिपिइसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पोखरा २८ मा जन्मिई हाल काठमाण्डौमा व्यवसाय गर्दै आएका सुबोध त्रिपाठीले वडा कार्यालयसँग समन्वय गरी दुवै स्वास्थ्य चौकीलाई ५/ ५ थान पिपिई, ईन्फ्रारेड थर्मोमिटर, ५/ ५ थान पीपीईमा प्रयोग हुने सुरक्षात्मक चस्मा र ५०/ ५० जोडी पञ्जा उपलब्ध गराएका हुन् । उक्त स्वास्थ्य सामग्री वडा नं २८ का अध्यक्ष निर्मल दियालीले कालिका… पुरा पढौ

थप तीन जनामा कोरोना संक्रमण

नेपालमा बुधबार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अब नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन्। संक्रमित हुनेमा बाराको जितपुर सिमरा नगरपालिकाका ४३ वर्षका तथा सिम्रौनगढका ३१ वर्ष पुरुष हुन् । अर्का संक्रमित पर्साको वीरगञ्ज–२ छपकैयाका ४६… पुरा पढौ

महतगौडामा रक्तदान, २३ युनिट रगत संकलन

लकडाउनका बेला सार्वजनिक कार्यक्रमसँगै रक्तदान पनि कमै भएका छन् । रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएपछि विभिन्न संघ, संस्था र व्यक्तिले रगत जुटाउने पहल थालेका छन् । पोखरा १७ को महतगौडामा मंगलबार भएको रक्तदानमा २३ युनिट रगत संकलन भएको छ । स्थानीय शंकरराज भण्डारी, सुवास भण्डारी, उत्तम पौडेल, प्रकाश भण्डारी र अनिषा बरालको अग्रसरतामा रक्तदान आयोजना गरिएको हो । महतगौडाकी अनिता शर्मालाई रक्त सञ्चार केन्द्र रामघाटका अर्जुन ज्ञवालीले ब्लडब्याग हस्तान्तरण… पुरा पढौ

अहिले RDT अर्थात र्यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन

कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो | यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउंदैन | यसले जांच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबोडी मात्र देखाउने हो | रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जांच गरेका छौं भन्नको लागि मात्र हो | संक्रमण भएको… पुरा पढौ

नेपालमा थपिए २ संक्रमित, ५४ पुगे संक्रमित

नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका दुई पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका ती व्यक्तिको स्वाब परीक्षण गर्दा भाइरसको संक्रमण देखिएको हो । उपचारका लागि दुवैलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेलले बताए । अब नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ। तर तीमध्ये १६ जना निको भइसकेका छन्। देवाही गोहानी नगरपालिकाका… पुरा पढौ

दमौली अस्पतालमा पिपिईबिनै स्वाब निकाल्न मिल्ने बुथ

कोभिड १९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलनका लागि तनहुँको दमौली अस्पतालमा बुथ निर्माण गरिएको छ । व्यास नगरपालिका(४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले अस्पतालका लागि स्वाब परीक्षण बुथ निर्माण गरेका हुन् । अस्पतालको आग्रहबमोजिम स्वाब परीक्षणका लागि बुथ निर्माण गरेको ढुङ्गानाले जानकारी दिए । ‘अस्पतालले पनि बनाउने सोंच गरेको रहेछ । मैले डिजाइन बनाएर लगेर बनाउन सक्छु भनेर देखाएको थिएँ,’ ढुङ्गानाले भने, ‘अस्पतालका चिकित्सक मेरो प्रस्ताव… पुरा पढौ

कोरोनाबाट दीर्घरोगी कसरी बच्ने ?

कोरोना भाइरसले हामीलाई मार्दैन | मृत्यु हाम्रो आफ्नै कारणले हुने हो | हामीमा अन्तर्निहित रोग वा अवस्थालाई सन्तुलनमा राख्न सकेमा दीर्घरोगीसमेत डराउनु पर्दैन | यो लकडाउन तथा सेमी लकडाउनको बेलामा उच्च सतर्कता तथा यी उपाय अपनाएर आफुलाई सुरक्षित राख्न सकिन्छ |१. मुटुको रोग, उच्च कोलेस्टेरोल, उच्च रक्तचाप छ भने नुनको सेवन कम गरौँ, घ्यु तथा बोंसोको सेवन नगरौं, बिहान आधा घण्टा र बेलुका आधा घण्टा व्यायाम गरौँ | खाना ठिक्क… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं