स्वास्थ्य

अहिले RDT अर्थात र्यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन

कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो | यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउंदैन | यसले जांच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबोडी मात्र देखाउने हो | रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जांच गरेका छौं भन्नको लागि मात्र हो | संक्रमण भएको… पुरा पढौ

नेपालमा थपिए २ संक्रमित, ५४ पुगे संक्रमित

नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका दुई पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका ती व्यक्तिको स्वाब परीक्षण गर्दा भाइरसको संक्रमण देखिएको हो । उपचारका लागि दुवैलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेलले बताए । अब नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ। तर तीमध्ये १६ जना निको भइसकेका छन्। देवाही गोहानी नगरपालिकाका… पुरा पढौ

दमौली अस्पतालमा पिपिईबिनै स्वाब निकाल्न मिल्ने बुथ

कोभिड १९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलनका लागि तनहुँको दमौली अस्पतालमा बुथ निर्माण गरिएको छ । व्यास नगरपालिका(४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले अस्पतालका लागि स्वाब परीक्षण बुथ निर्माण गरेका हुन् । अस्पतालको आग्रहबमोजिम स्वाब परीक्षणका लागि बुथ निर्माण गरेको ढुङ्गानाले जानकारी दिए । ‘अस्पतालले पनि बनाउने सोंच गरेको रहेछ । मैले डिजाइन बनाएर लगेर बनाउन सक्छु भनेर देखाएको थिएँ,’ ढुङ्गानाले भने, ‘अस्पतालका चिकित्सक मेरो प्रस्ताव… पुरा पढौ

कोरोनाबाट दीर्घरोगी कसरी बच्ने ?

कोरोना भाइरसले हामीलाई मार्दैन | मृत्यु हाम्रो आफ्नै कारणले हुने हो | हामीमा अन्तर्निहित रोग वा अवस्थालाई सन्तुलनमा राख्न सकेमा दीर्घरोगीसमेत डराउनु पर्दैन | यो लकडाउन तथा सेमी लकडाउनको बेलामा उच्च सतर्कता तथा यी उपाय अपनाएर आफुलाई सुरक्षित राख्न सकिन्छ |१. मुटुको रोग, उच्च कोलेस्टेरोल, उच्च रक्तचाप छ भने नुनको सेवन कम गरौँ, घ्यु तथा बोंसोको सेवन नगरौं, बिहान आधा घण्टा र बेलुका आधा घण्टा व्यायाम गरौँ | खाना ठिक्क… पुरा पढौ

यो १० दिन घरभित्रै बसौं

सरकारले आजदेखि लागु हुने गरि १० दिन लकडाउन लम्बाएको छ | काठमाडौ महानगरपालिका लगायत अन्य स्थानीय निकाय तथा प्रदेश सरकारले लकडाउन खुकुलो बनाउन सक्ने जनाएको छ | बिना पूर्व तयारी लकडाउन खुकुलो गर्दा सहरमा कोरोना संक्रमण देखा पर्ने आधार खडा हुनेछ | लकडाउनको अबधिमा सयौं बस काठमाडौबाट बिभिन्न जिल्लामा गएका छन् | ती बसमा उपत्याका बाहिरबाट धेरै नागरिक उपत्याकामा प्रवेश गरेका छन् | यदि उनीहरुमध्ये कोहि संक्रमित भएमा र लकडाउन खुकुलो… पुरा पढौ

अब निजी प्रयोगशालाले पनि कोरोनाको पिसिआर जाच्न पाउने

अब नेपालका निजी प्रयोगशालाले पनि कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अब निजी प्रयोगशालाले पनि पिसिआर जाँच गर्न पाउने जानकारी दिए । त्यसका लागि छुट्टै स्वीकृति भने मन्त्रालयबाट लिनुपर्ने उनले प्रष्ट गरे । उनले सोमबार कोरोनाका नयाँ संक्रमित फेला नपरेको जानकारीसमेत दिए । हालसम्म नेपालमा १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको र ५२… पुरा पढौ

पोखरा महानगरभरि प्रसूति सेवाका लागि सित्तैमा एम्बुलेन्स सेवा

देश लकडाउनमा छ । सवारी सधान चलेका छैनन् । सवारी चलाउन पास चाहिन्छ । कोरोना भाइरसका कारण प्रसुती सेवा लिन समस्या नहोस् भनेर पोखरा महानगरले निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना संक्रमण नियन्त्रण मुल समितिको सोमबार बसेको बैठकले प्रसूति सेवाका लागि अस्पताल जानुपर्ने गर्भबती महिलालाई निशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय गरेको हो । कुनै पनि महिलाले प्रसुती सेवा समयमै… पुरा पढौ

धौलागिरी अञ्चल अस्पतालले मुहार फेर्दै

सामान्य ज्वरो आए वा टाउको दुखे पनि पोखरा जानुपर्ने बाध्यता अहिले छैन । बागलुङको उपप्रादेशिक अस्पतालले मुहार फेरिपछि बागलुङबासीले चैनको सास फेरेका छन् । साबिकको धौलागिरी अञ्चल अस्पताल सधैजसो रिफर सेन्टरको रुपमा चिनिने चिनिन्थ्यो । अस्पताल विकास समितिमा थुप्रै अध्यक्ष फर्रिए तर अस्पतालको मुहार फेरिन भने लामो समय लाग्यो । लकडाउनको क्रममा पोखरा काठ्माण्डौ लगायतका सहरमा नागरिकले उपचार पाउन कठिन भएका समाचार सार्वजनिक भए । धौलागिरी अञ्चल अस्पतालले भने यो… पुरा पढौ

कोरोनाबाट पुरुषभन्दा महिला किन धेरै सुरक्षित हुन्छन् ?

कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ % र महिला ३६ % देखिएका छन् | अध्ययनको दावी छ कि पुरुषमा भन्दा महिलामा एन्टीबोडीको स्तर धेरै बढी हुन्छ | एन्टीबोडी भनेको रगतमा रहेको प्रोटिन हो जुन विषाक्त पदार्थ तथा बाहिरी पदार्थ शरीरमा प्रवेश गरेमा त्यसलाई हटाउन शरीरले उत्पादन गर्दछ | - महिलामा २ खालका x क्रोमोजम हुन्छन जबकी पुरुषमा एउटा x – क्रोमोजोम हुन्छ… पुरा पढौ

क्वारेन्टाइन बिधि खतरा देखियो, परिवर्तन गरौँ

१. विदेशबाट आएका संक्रमित मध्ये अधिकांश संक्रमितलाई ४ हप्ताको वरिपरी कोरोना संक्रमण पोजिटिभ देखिएको छ |२. सर्लाहीको धनकौल निबासी १४ बर्सका किशोर १४ दिन क्वारेन्टाइन बसेर तथा र्यापिड किटमा नेगेटिभ देखिएपछि वैशाख ६ गते घर पठाइएको थियो | वैशाख ९ गते गरिएको थ्रोट स्वाब परिक्षणको नतिजामा पनि कोरोना संक्रमण देखिएको थिएन। तर बैशाख ११गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती किशोरसहित दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ। ३. कैलालीको लम्की… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं