धौलागिरी अञ्चल अस्पतालले मुहार फेर्दै

सामान्य ज्वरो आए वा टाउको दुखे पनि पोखरा जानुपर्ने बाध्यता अहिले छैन । बागलुङको उपप्रादेशिक अस्पतालले मुहार फेरिपछि बागलुङबासीले चैनको सास फेरेका छन् ।

साबिकको धौलागिरी अञ्चल अस्पताल सधैजसो रिफर सेन्टरको रुपमा चिनिने चिनिन्थ्यो । अस्पताल विकास समितिमा थुप्रै अध्यक्ष फर्रिए तर अस्पतालको मुहार फेरिन भने लामो समय लाग्यो ।

लकडाउनको क्रममा पोखरा काठ्माण्डौ लगायतका सहरमा नागरिकले उपचार पाउन कठिन भएका समाचार सार्वजनिक भए । धौलागिरी अञ्चल अस्पतालले भने यो अवधिमा थुप्रै विरामीको उपचार गरेको छ । मेडिकल सुपरीटेण्डेण्ट शैलेन्द« विक पोखरेलले कोरोना संक्रमितको समेत सफल उपचार गरी डिस्चार्ज गराउन सफल भएको बताए।

उनले भने, ‘पहिलाभन्दा अहिले अस्पतालमा थुप्रै सेवा थपेका छौं । हामीले यो अस्पतालबाट ब्यवस्थित ओपिडी सेवा ,ब्यवस्थित ल्याव, डायलासिस सेवा, विभिन्न विशेषज्ञ सेवा, एड्भान्स एक्स–रे सेवा , ४ बेडको भेन्टिलेटरसहितका आइसियु सेवा पनि उपलब्ध गराएका छौं ।’

यहाँ अहिले १२ विशेषज्ञ चिकित्सक र एमबिबिएस डाक्टरहरुले सेवा दिईरहेका छन् । अझै डाक्टर थप्ने योजना रहेको अस्पताल विकास समिति अध्यक्ष केवी रानामगर जानकारी दिए ।