अब नेपालका निजी प्रयोगशालाले पनि कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षण गर्न पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अब निजी प्रयोगशालाले पनि पिसिआर जाँच गर्न पाउने जानकारी दिए । त्यसका लागि छुट्टै स्वीकृति भने मन्त्रालयबाट लिनुपर्ने उनले प्रष्ट गरे ।
उनले सोमबार कोरोनाका नयाँ संक्रमित फेला नपरेको जानकारीसमेत दिए । हालसम्म नेपालमा १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको र ५२ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए । तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।




