पोखरा–२८ कालिकास्थानमा रहेको कालिका स्वास्थ्य चौकी र माझठाना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पिपिइसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
पोखरा २८ मा जन्मिई हाल काठमाण्डौमा व्यवसाय गर्दै आएका सुबोध त्रिपाठीले वडा कार्यालयसँग समन्वय गरी दुवै स्वास्थ्य चौकीलाई ५/ ५ थान पिपिई, ईन्फ्रारेड थर्मोमिटर, ५/ ५ थान पीपीईमा प्रयोग हुने सुरक्षात्मक चस्मा र ५०/ ५० जोडी पञ्जा उपलब्ध गराएका हुन् ।
उक्त स्वास्थ्य सामग्री वडा नं २८ का अध्यक्ष निर्मल दियालीले कालिका हेल्थपोष्टका प्रमुख सञ्जु शर्मा र माझठाना स्वास्थ्य चौकीका प्रमुख सत्यराज साँखीलाई हस्तान्तरण गरेका छन ।त्रिपाठीले काठमाडौबाट अध्यक्ष दियालीलाई पठाएका सामग्री आज स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरिएको हो ।
पोखरा २८ का अध्यक्ष दियालीले महासकटमा सहयोग गरेकोमा त्रिपाठीलाई धन्यवाद दिए । संकटमा सावधानीका उपाय अपनाउन आग्रह गर्दै जीवन धान्नै कठिन अवस्थामा रहेका नागरिकलाई सहायत गर्न वडा कार्यालय लागिरहेको उल्लेख गरे । यसअघि पोखरा २८ ले वडामा २ चरणमा राहत वितरण गरिसकेको छ ।




