थप तीन जनामा कोरोना संक्रमण

नेपालमा बुधबार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अब नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन्। संक्रमित हुनेमा बाराको जितपुर सिमरा नगरपालिकाका ४३ वर्षका तथा सिम्रौनगढका ३१ वर्ष पुरुष हुन् । अर्का संक्रमित पर्साको वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनै जना दिल्लीमा तबलिगीमा भएको धार्मिकसभामा सहभागी भएर नेपाल फर्किएका थिए ।