भलाममा रक्तदान, १८१ युनिट रगत संकलन

आज पोखरा २० भलाम, मौजामा शनिबार भएको रक्तदानमा १ सय ८१ युनिट रगत संकलन भएको छ ।

बर्तमान परिस्थितिमा देखिएको रगत अभावलाई मध्यनजर गरी श्रृङखला क्लबको संयोजकत्वमा वडाभित्रका सबै क्लबको संयुक्त रक्तादान आयोजना गरिएहो हो ।

यसका लागि पोखरा वडा नं २० को विशेष सहयोग र रेडक्रस कास्कीको प्राबिधिक सहयोग जुटेको थियो । सम्पूर्ण रक्तदाता, चन्दा सहयोगी, रक्त संचार केन्द्रका प्राबिधिक टिम, विभिन्न जिन्सी सामग्री सहयोग गर्ने सहयोगी र कार्यक्रमलाई सफल बनाउन खटिने स्वयंसेवकलाई श्रृङखला क्लबका अध्यक्ष जीवन अधिकारीले धन्यावाद दिए ।

कार्यक्रममा रेडक्रस कास्की सभापति डोलराज पाण्डे, पोखरा २० का अध्यक्ष सिमबहादुर गुरुङ, एकता सामुदायिक क्लबका अध्यक्ष रबि कार्की लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।