Featured News

यसरी ओरालो लाग्दै वैदेशिक रोजगारी (तथ्यांकसहित)

सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजागरीमा जाने क्रम क्रमशः ओरालो लाग्दै गएको पाइएको छ । पछिल्ला ५ महिनामा वैदेशिक रोजगारीमा जाने युवाको संख्या निरन्तर घटेको सरकारी आँकडा छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठमा ४० हजार ९ सय १ पुरुष र २ हजार ७ सय ३५ महिला गरी ४३ हजार ६ सय ५४ युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् ।… पुरा पढौ

‘गरीबको घरमा त सहयोग गर्ने संघसंस्था पनि आउँदैनन्’

संस्कृतमा एउटा शुक्ति (भनाइ) छ : ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र ? सबै किसिमका पाप कर्म गर्छ ।’ संस्कृतको यो शुक्तिलाई म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट फापरखेतका न्यून दृष्टियुक्त व्यक्ति आइतबहादुर दर्जीको परिश्रमले भने पुर्नलेखन गर्नुपर्ने बनाइदिएको छ । जन्मजातरुपमा दुवै आँखा नदेख्ने ५६ वर्षीय दर्जीले आफ्नो र परिवारको पेट भर्न र जीउ ढाक्न पापकर्म गरेर होइन आफ्नै बलबुताले परिश्रम गरेर समाजका लागिसमेत उदाहरणीय बनेका… पुरा पढौ

विप्लवका जिल्ला इन्चार्ज मारिए

सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१ स्थित जंगलमा बिहीबार भिडन्त भएको हो। भिडन्तमा विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका छन्। सुरुमा प्रहरीलाई आक्रमण गरेकाले जवाफी कारबाही भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्व पोखरेलले बताए।  दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएका छन्।  पुरा पढौ

धुर्मुस भन्छन्, ‘रंगशाला बने चितवनमै बन्छ, नत्र बन्दैन’

यतिखेर रंगशाला निर्माणको काम ठप्प छ । निर्माणस्थल सुनसान छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम रोकिएको २० दिन भयो । रोकिएको काम पुनः सुचारू गर्न आग्रह भए पनि निर्माणकर्ता धुर्मुस–सुन्तली फाउन्डेसनले अझै काम थालेको छैन । रंगशालामा डोजर लगाएपछि स्थानीय प्रशासन, राजनीतिकर्मी, भरतपुर महानगरले बैठक नै बसेर काम पुनः सुरू गर्न आग्रह गरेका थिए । तर, धुर्मुस–सुन्तली भने वातावरण धमिलिएको र घटनाले ठूलो चोट पुगेको भन्दै काठमाडौँ लागे ।… पुरा पढौ

मोटो रकमसहित पोखराको न्यूरोडबाट ८ जना जुवाडे पक्राउ

वडा प्रहरी कार्यालय वैदामले जुवा खेलिरहेको भन्ने आरोपमा ८ जनालाई पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा मंगलबार साँझ न्यूरोड, सुन्दरमार्गस्थित एक घरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा ३१ का भोजराज ओझा, पोखरा ८ का खड्क कार्की, पोखरा २३ का कृष्ण आचार्य, पोखरा ८ का नवराज थपलिया, म्याग्दी रघुगंगाका गंगाप्रसाद शेरचन, पोखरा ३ का मीनबहादुर गुरुङ, पोखरा ३० का विष्णुप्रसाद शर्मा र केशव आचार्य… पुरा पढौ

कांग्रसको चुनावमा अन्तर्घात गर्ने कोको परे कारबाहीमा ? (नामावलीसहित)

नेपाली कांग्रेसले २०७४ सालको स्थानीयरप्रदेशसभारसंघीय संसदको निर्वाचनमा अन्तरघात गर्ने नेता/कार्यकर्तालाई कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिद्धारा उनीहरुको नाम पार्टीको अभिलेखबाटै हटाउने गरि कार्वाही गरिएको हा्े । साथै, त्यस्ता अन्तर्घात गर्नेहरुको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लाहरुलाई पनि तत्काल नामावली पठाउन निर्देशन गरिएको छ। कोको परे कारबाहीमा? पुरा पढौ

लोकसेवा आयोगले फारम भर्ने म्याद थप्यो,कहिलेसम्म भर्न सकिने छ त फारम ?

लोक सेवा आयोगले खुलाएको विज्ञापनको फारम भर्ने म्याद थप गरिएको छ । आयोगले एक सूचना जारी गर्दै स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने म्याद एक साताको लागी थप गरिएको जनाएको हो । आज मंगलबारसम्म मात्र फारम भर्ने अन्तिम मिती भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिनेछ । यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ । यता केही दिन अघि मात्र राज्य… पुरा पढौ

भ्रष्टाचार हटाउन नेताको दिमाग सर्जरी

निजामति सेवा भनेको बेस्ट ब्रेनलाई वर्स्ट ड्रेनमा जाकिएको प्रशासन प्रणाली हो, निजामति भित्र पनि बेस्ट अफ द बेस्ट ब्रेन भनेका प्राविधिज्ञ वर्ग हुन् । तर जे जस्तो भएता पनि यसैले गर्दा नै आजसम्म पींद नभएको लोटा जस्तो अस्थिर भॉडभैले राजनीतिक व्यवस्थाका अनेक रूप र रंगबाट मुलुकलाई ध्वस्त हुनबाट निरन्तर जोगाउदै आएको हो । भलै राजनीतिक सकारात्मक परिवेश र अनुकूल कार्यसंस्कृति एवं वातावरण कहिले विद्यमान नहुंदा यसले नयॉ केही वनाउन सकेन… पुरा पढौ

गुठी विधेयक परिमार्जन गर्न प्रधानमन्त्री केपी ओलीको निर्देशन

ष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि  प्रधानमन्त्री केपी ओलीले विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललाई विधेयक परिमार्जन गर्न निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीले आवाश्यक परामर्शपछि गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिइसक्नुभएको छ’ बालुवाटार निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्री आफैले ‘इनिसिएसन’ लिएर समस्या समाधान गर्नतर्फ लाग्नुभएको छ । अब यो समस्याको विषय रहँदैन ।’… पुरा पढौ

गण्डकी प्रदेशको आव ०७६/७७ को बजेटको पूर्ण पाठ

१. प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७६र७७ को बजेट यस सम्मानित सदनमा प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु । २. यस अवसरमा म सर्वप्रथम राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र तथा सामाजिक न्याय र परिवर्तनका लागि बलिदान हुने सम्पूर्ण आदरणीय अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मुलुकको अग्रगामी परिवर्तनका लागि भएका सबै प्रकारका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने सबै राजनीतिक अग्रजप्रति हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु । ऐतिहासिक जनआन्दोलन, जनयुद्ध,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं