ताजा समाचार

असार ५ गते २०७६

विप्लवका जिल्ला इन्चार्ज मारिए

सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ।

लालबन्दी नगरपालिका–१ स्थित जंगलमा बिहीबार भिडन्त भएको हो। भिडन्तमा विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका छन्। सुरुमा प्रहरीलाई आक्रमण गरेकाले जवाफी कारबाही भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्व पोखरेलले बताए। 

दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएका छन्।