Featured News

असामान्य मौसममा फेवातालमा डुङ्गा चलाउन निषेध

जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ । प्रशासनले बिहीबार सूचना जारी गरी डुङ्गा, कायाकिङ र सर्फिङ -राफ्टिङ/बोटिङ) सञ्चालन गर्ने व्यवसायी तथा सरोकारवालालाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । तालमा मङ्गलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने बुधबार माछा मार्ने क्रममा अर्का युवकको ज्यान गएको थियो । यसअघि पनि हावाहुरीका कारण फेवातालमा फसेका… पुरा पढौ

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल ७ दिन थुनामा

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जरुरी पक्राउ पुर्जी स्वीकृति एवं अनुसन्धान प्रयोजनका लागि म्याद थपका लागि अनुरोध भई आएकामा विशेष अदालतले मङ्गलवार पहिलो पटक सात दिनको म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट उक्त म्याद थप गरिएको विशेष अदालत प्रशासन शाखाद्वारा जारी… पुरा पढौ

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्र पछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए। ‘सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो। त्यही पत्र पछि हामीले राखेका छौं,’ उनले भने। उनी सुर्खेतस्थित एक होटलबाट साँझ साढे ५ बजेतिर पक्राउ परेका हुन्। पौडेललाई बाँकेको नेपालगंजतर्फ लगिएको छ। त्यहाँबाट सम्भव भएसम्म… पुरा पढौ

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ ।  पोखरा–दुबई उडान पोखरा… पुरा पढौ

पोखराको मुख्यालय बनाउन २० करोड, न्युरोडमा के बन्ला ?

भाडाको घरमा कार्यपालिका कार्यालय र विभिन्न ठाउँमा शाखा, महाशाखा राखी सेवा सञ्चालन गरिरहेको पोखरा महानगरले आगामी वर्ष प्रशासकीय भवन बनाउन थाल्ने भएको छ । महानगरले आफ्नो प्रशासकीय भवन निर्माणका लागि २० करोड बजेट छुट्याएको छ । जेनजी आन्दोलनका बेला ध्वस्त भएको न्युरोडको कार्यालयमा सार्वजनिक निजी साझेदारीमा बहुतले बहुउद्देश्यीय भवन बनाइने भएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार बजेट प्रस्तुत गरेको बजेटमा यस्तो उल्लेख छ । आगामी… पुरा पढौ

पोखरा महानगरको कर अब घरबाटै तिर्न मिल्ने

पोखरा महानगरलाई प्रविधिमैत्री बनाउँदै आगामी वर्षदेखि सबै प्रकारका राजस्व घरबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गरिने भएको छ । त्यसका लागि आवश्यक बजेट विनियोजन भएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार बजेट प्रस्तुत गरेको बजेटमा उल्लेख छ । नगरसभामा उपप्रमुख गुरुङले आगामी वर्षका लागि सात अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेकी छन् । यसपालि चालु खर्चतर्फ ५५ प्रतिशत र पुँजीगततर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।… पुरा पढौ

रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ । न्यायाधीश आत्मदेव जोशीको इजलासले आज सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन आदेश गरेको हो । आदेशमा भनिएको छ, “निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित सङ्गठित रूपमा ठगी गरेको मुद्दाको अभियोगपत्रमा ठगीतर्फको अभियोग कायम राखी सङ्गठित अपराधतर्फको अभियोग कायम नरहनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम यो… पुरा पढौ

राइड सेयरिङको भाडादर तय, केमा कति ?

गण्डकी प्रदेश सरकारले यो सेवा दिने सवारीहरुको भाडादर तोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले हालै नियमावली बमोजिम मन्त्रिस्तरीय निर्णयबाट भाडादर तोकेका हुन् । अब सेवाग्राहीले राइड सेयर सेवामा चारपाङ्ग्रे सवारी साधन प्रयोग गर्दा चढ्नासाथ सुरुवाती भाडा ६० रुपैयाँ तिर्नैपर्नेछ । जतिसुकै कम दूरीमा यात्रा गरे पनि सुरुआती भाडा ६० रुपैयाँ र दुई किलोमिटरको भाडा ९७ रूपैयाँ गरी न्यूनतम एक सय ५७ रुपैयाँ तिर्नुपर्नेछ ।… पुरा पढौ

फिर्केका १०५ संरचना भत्किए, आज पृथ्वीचोकका हटाइने

पोखरा महानगरले सार्वजनिक जग्गा, बाटो, खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । पोखराको पृथ्वीचोकमा हङकङ बजार अगाडि सङ्घ, संस्थाहरुले प्रयोग गर्दै आएका भवनहरु बिहीबार भत्काइने भएको छ । यसअघि ३५ दिने सूचना निकालेर संरचना हटाउन आग्रह गरेको महानगरले बुधबार माइकिङ गरी बिहीबार बिहान ११ बजेबाट भत्काइने जानकारी दिएको थियो । यहाँ सहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कांग्रेस, हिमाली सांस्कृतिक परिवार लगायतका… पुरा पढौ

गाँजाको बौद्धिक बहसदेखि व्यावसायिक खेती कति सम्भव ?

फाइल फोटो नेपालको पहाडी क्षेत्रमा आफै उम्रिने गाँजाका जरादेखि कान्ड, पात, फलसम्म बहुउपयोगी छन् । एकातिर प्रतिबन्धित कानुनी व्यवस्था अर्कातिर औद्योगिक र औषधीय प्रयोग नहुँदा यो लागुऔषधमै सीमित बनेको छ । औषधी विज्ञानका प्राध्यापक पन्नाबहादुर थापा गाँजाको उपयोग र अहिलेको अवस्थालाई उखानमै भन्नुहुन्छः जन्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड ।Æ रोजगारी वृद्धि र आर्थिक उन्नतिको लक्ष्य राखेर गण्डकी प्रदेश सरकारले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं