Featured News

प्रहरी मार्नेलाई बधाई दिएका थिए रेशमले

टिकापुर घटनामा दोषी ठहरिएपछि रेशम चौधरीलाई हिजोमात्र जन्मकैदको फैसला सुनाईएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको हत्या भएको घटनामा उनी दोषी ठहरिएका हुन् । उनलाई जन्मकैदको फैसलापछि यतिबेला सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्णीहरु भईरहेको छ । यसबीचमा रेशम चौधरीको सम्बन्धमा सनसनीपूर्ण बयान सार्वजनिक भएको छ । टिकापुर घटनामा संलग्न भएका ११ जना मध्य एक जनाले दिएको बयानले यतिबेला सनसनी मचाएको… पुरा पढौ

निर्मला प्रकरण : पूर्व डीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी,  इन्सपेक्टर एकेन्द्र खड्का र  चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले  जानकारी दिए । कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग… पुरा पढौ

जिएमसीका सिइओ र परीक्षा नियन्त्रक पक्राउ

५३ करोड भन्दा बढी ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन् । बुधबार बेलुका उनीहरूलाई कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । उनले विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरी ठगी मुद्दा मुद्दा दर्ता गरिएको बताए । सरकारले तोकेको शुल्कसिमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै विद्यार्थीहरूले १०… पुरा पढौ

पोखरा महानगर-पोउवासंघ होर्डिङ बोर्ड सम्झौता तोडियो

पोखरा महानगरपालिकाले पोखरा उद्योग वाणिज्य संघसँग गरेको होर्डिङ वोडिङ वापत विज्ञापन संकलनका लागि गरिएको सम्झौता तोडेको छ । २०७५ माघ २९ गते महागनर प्रमुखको अध्यक्षतामा बसेको बैठकको सरोकारवालाको बैठकले पोखरा उद्योग वाणिज्य संघसँगको सम्झौता तोड्ने निर्णय गरेको थियो । वैठकमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक चन्द्रा गुरुङ, ट्राफिक प्रहरी कास्कीका मुरारी मिश्र लगायतका सरोकारवाला सहभागी थिए । २०७१ साल साउन १८ गते… पुरा पढौ

प्रतिक्रियावादी पार्टी फुटाउन लागे : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले केही शक्ति र प्रतिक्रियाबादी भर्खरै एकता भएको पार्टी फुटाउन लागि परे पनि नेकपामा कुनै असन्तुष्टि नरहेको बताएका छन् । वर्तमान सरकार सहिदको सपना पूरा गराउन जनताको हितमै काम गरिरहेको उल्लेख गर्दै उनले सरकारले काम गरेन भन्नुको अर्थ नरहेको बताए । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कम्युनिष्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न आग्रह गरे । झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको जंगलस्थित सुखानी… पुरा पढौ

मौसमलाई दोष देखाइदिएर उम्किन सजिलो !

‘मौसमको विचार गरेर मात्र उड्नुस्, नेपालमा अहिले भएका दुर्घटनामा कम्तिमा पनि ५० प्रतिशत कम हुन्छ ।’ मेरो प्रश्नको जवाफ दिँदै थिए चिनियाँ पाइलट (क्याप्टेन) चाओ फेङ दे । मैले सुझाव नेपालका पाइलटलाई मागिदिएको थिएँ । चिनियाँ पाइलटलाई मेरो प्रश्न थियो, ‘नेपालमा साना विमानहरूको दुर्घटना झन्भन्दा झन् बढ्दैछ, यसलाई कसरी कम गर्न सकिएला, नेपालका पाइलटहरूलाई केही सुझाव दिनुहुन्छ कि ?’ कुरा वि.सं २०७३ वैशाखको हो । चीनको हार्विन प्रान्तमा भ्रमणमा गएका… पुरा पढौ

म नोबेल पुरस्कारका लागि योग्य छैन : इमरान

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफु नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् ।  स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्नेलाई व्यक्ति सो पुरस्कारका लागि योग्य हुने उनले स्पष्ट पारे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले काश्मिरका जनताको इच्छा अनुसार काश्मिर विवादको अन्त्य गराउनेछ ।”  भारत र पाकिस्तानबीचमा तनाव बढिरहेका बेला पाकिस्तानको नियन्त्रणमा रहेको… पुरा पढौ

रवीन्द्रले अध्यक्ष हारे माओवादी प्रवेश गर्ने वचन दिएका थिए : झलकपाणि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी २ संविधानसभा निर्वाचनमा विजयी भए । गएको प्रतिनिधिसभा चुनावमा पनि चुनिए । अनेरास्ववियु हुँदै नेकपाको केन्द्रीय सदस्य र मन्त्रीसमेत बनेका अधिकारीको दुखद निधन भइसकेको छ । स्ववियुबाहेक ३ निर्वाचन लडेका अधिकारीलाई उनका प्रतिश्पर्धीहरुले पनि सफल र क्षमतावान् राजनीतिज्ञको रुपमा लिएका छन् । तत्कालीन नेकपा माओवादीबाट उनीसँग त्यो बेलाको कास्की क्षेत्र नं. ३ मा प्रतिश्पर्धा गरेका झलकपाणि तिवारी अधिकारीलाई नेपाली कम्युनिस्ट आन्दोलनले रवीन्द्रलाई… पुरा पढौ

हलियाका घर फेरिए, दिन फेरिएन

साहुबाट लिएको ऋण तिर्न या २ छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरूलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा गर्यो । शोषणमा परेका र पारिएका हलियाहरूले हलो नै बोकेर सिंहदरबार पुग्दै अधिकार पुनःस्थापना गरे । तर, हलियाको मुक्ति पछिका उनीहरूका दिन फेरिएका छैनन् । सरकारले हलिया पुनःस्थापनाअन्तर्गत घर जग्गा खरिद र घर मर्मत गरिदिएको छ । साहुको झुप्रोमा बस्दै आएका हलियाहरू आफ्नै घरमा बस्न त पाएका छन्… पुरा पढौ

कसले कसरी सम्झिए भरतमोहनलाई ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा अधिकारीलाई नेताले सादा जीवनका पक्षपोषक, चिन्तनशील, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ भनेर निरन्तर लाग्ने राजकीय रुपमा पनि सम्मानलायक नेता भएको उल्लेख गरेका छन् । शनिबार राति ९ः३५ बजे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं