Featured News

जस्तोसुकै कठिन यात्रा गर्न तयार : विप्लव

नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सरकारबाट दमन भए सशक्त प्रतिरोध गर्ने जनाएको छ । पार्टी महासचिव चन्दले बुधबार बेलुकी विज्ञप्ति जारी गर्दै आफ्नो दललाई राजनीतिक मान्यता नदिने र आपराधिक घोषणा गरी गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई ‘हास्यास्पद’ भनेका छन् । ‘हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौं,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘दमन गरे मुखतोड प्रतिरोध गर्न हामी तयार छौं ।’ ‘दलाल’ हरूले तुच्छ स्वार्थका लागि राज्यका अंगहरूलाई जनताविरुद्ध जथाभावी प्रयोग गरेको… पुरा पढौ

सरकारको निर्देशन : हतियार भेटिए गोली हान्नू

सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता वढाइएको छ। सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। श्रोतका अनुसार आन्तरिक विज्ञप्तीमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ। चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रमुख जिल्ला अधिकारीले भने। बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्ताालई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च… पुरा पढौ

जेठोले फाल्यो, माइलाले सम्हाले…भक्कानिदै भन्छिन ‘अब नफाल्नू है माइला ?

आमाको अँगालोमा माइला छोरा निकै बेर भक्कानिए । ५ पाण्डव झँै ५ छोराकी आमालाई वृद्धाश्रममा भेट्दा उनी सम्हालिनै सकेनन् । २ वर्षअघि जेठो छोराले सडकमा फालेपछि अलपत्र वृद्धाबारे खबर सार्वजनिक भएपछि उनलाई ६ महिना अघि पवित्र समाज नामक संस्थाले उद्धार गरी आश्रय दिएको थियो । दिल्लीमा बस्दै आएका माइला छोरा बुहारी राम–चित्रा राजथला आश्रममा आइपुगेका थिए । आमाको सडकमा बास भएको खबरले मन थाम्न नसकेर खोज्दै नेपाल आएको राम दम्पतिले… पुरा पढौ

देशले अर्काे गृहयुद्ध थेग्न सक्दैन

बाँच्नु चाई पर्छ, अनेक देखिने रहेछ । हिजो सँगै जनता र देशका लागि हतियार उठाएका सहयात्री विप्लव अपराधी अनि प्रतिबंधित अनि देश विखंडन गर्छु भन्ने सिके राउत हितैषी र मुलधारको राजनीतिमा । मेरो बिनम्र अनुरोध सरकार र विप्लव समुह लाई । १. अब मुलुकले अर्को गृह युद्द थेग्न सक्दैन । तपाईहरु फेरि एक अर्कालाई सिध्याउने युद्ध नै गर्ने हो भने पनि गरिव जनता अब नमारियुन । विप्लव समुहले सिधै प्रधानमन्त्री,… पुरा पढौ

प्रधानमन्त्री र प्रचण्ड मार्न विप्लवले मान्छे खटाएको दाबी

मंगलबार सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ । विप्लवले प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट बैठकमा दाबी गरेका थिए। ओलीको यस्तो भनाइपछि बैठकले विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो । मन्त्रीहरुलाई ओलीले विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको बताएका थिए । हालै सरकारले मधेशमा अलग राज्य… पुरा पढौ

कक्षा ८ को परीक्षा स्थगित

सोमबारबाट शुरु भएको पोखरा महानगर स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि विषयको परीक्षा स्थगित भएको छ । फागुन ३० गते निर्धारित सो विषयको परीक्षा चैत ७ गते बिहीबार बिहान १०ः३० सम्मका लागि सारिएको हो । महानगरस्तरीय परिक्षा समितिले १ सूचना जारी गरी यसबारे जानकारी दिएको हो । विशेष कारणवश परीक्षा सारिएको उक्त सूचनामा उल्लेख छ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण परीक्षा सरेको… पुरा पढौ

प्रचण्डको संकेत : रवीन्द्रको ठाउँ धर्मपत्नी विद्यालाई नै दिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व.रवीन्द्र अधिकारीकै धर्मपत्नीलाई उम्मेदवार बनाउने संकेत गरेका छन् । पार्टीमा औपचारिक छलफल नभएको भन्दै अध्यक्ष प्रचण्डले सबैसँगको सल्लाह र समन्वयमा उपयुक्त निर्णले लिने बताए । ‘निर्वाचन बारे पार्टीमा औपचारिक छलफल चलेको छैन । मिडियामा वामदेव गौतमजीको सन्दर्भ पनि आयो । उहाँले क्लियर गरिसक्नुुभएको छ । पार्टीमा चर्चा चलेको होईन’, प्रचण्डले भने ।’ प्रचण्डले रवीन्द्रका परिवार पनि राजनीतिक भएकोले परिवार… पुरा पढौ

अन्नपूर्ण आधार शिविरलाई पुरानै अवस्थामा फर्काउने तयारी

अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पुर्याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै यहाँका व्यवसायी यस स्थललाई पुरानै अवस्थामा फर्काउने तयारीमा जुटेका छन् । अकल्पनीयरूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँस्थित होटलका छाना नै उडाएको र हिउँ जमिरहेका कारण होटलभित्रको क्षतिबारे अझै यकिन हुन नसकेको स्थानीयवासी बताउँछन् । हिमआँधीका बखत उक्त स्थानमा कुनै मानिस नरहेका कारण कुनै मानवीय क्षति भने नभएको अन्नपूर्ण सेन्चुरी… पुरा पढौ

रवीन्द्रलाई ‘शुभयात्रा’ नभनेको त्यो दिन

‘म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थें, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ’, तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्छिन् । ‘जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ’, उनलाई आत्मग्लानि… पुरा पढौ

जिएमसी प्रकरणमा फरार व्यक्तिका नाममा पनि मुद्दा

जिल्ला प्रहरी कार्यालय कास्कीको नजरमा गण्डकी मेडिकल कलेजका सञ्चालकमध्ये अध्यक्ष खूमा अर्यालसहित ८ जना फरार छन् । अध्ययनरत विद्यार्थीको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । तर, तिनै फरारमध्येका ६ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा प्रहरीको पुर्जीविरुद्ध निवेदन दर्ता मात्रै गराएनन्, आदेशसमेत गराए । ‘प्रहरीले दिएको पक्राउ पूर्जी बुझेपछि मात्रै त्यसको वैधतामा चुनौति दिएर उनीहरूले कानुनी उपचार खोज्नुपर्ने हो,’ सर्वोच्च अदालतका १ सहरजिस्ट्रारले भने, ‘फरार रहेका व्यक्तिले वारेसनामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं