Featured News

नेकपाको स्थायी कमिटी बैठक शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उनले बताए । यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी… पुरा पढौ

रंगमञ्चमा दानव-मानव आमनेसामने

आकाशमा पनि होइन, धर्तीमा पनि होइन, अपरिचित भूमि छ । दानवी स्वभाव र प्रवृत्तिमाथि पात्रहरु लडिरहन्छन् । दुःख भोग्छन्, यातना सहन्छन्, मृत्यु स्वीकार्छन् । तर मानवतालाई विजयी गराउँछन् । यस्तो जटिल र प्रयोगवादी नाटक जयगान पोखरेली रंगमञ्चमा प्रदर्शन हुँदै छ । ओथेलो नाटक समूहले पुस ६ र ७ गते पोखरा उद्योग वाणिज्य संघमा नाटक प्रर्दशनको तयारी गरिरहेको छ । निर्देशन र लेखनमा सिद्धहस्त कृष्ण उदासीको नाटक जयगानलाई यसपालि आशीष अधिकारीले… पुरा पढौ

साना किसानहरुको ऋण मिनाहा

सरकारले देशभरका किसानलाई रातह पुग्ने निर्णय गरेको छ । सरकारले साना किसानहरुको बैंकको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो । बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् । कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ । पुरा पढौ

शशांक कांग्रेस सभापतिमा उठ्ने

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसका संस्थापक नेता तथा आफ्ना पिता बीपी कोइरालाको अधुरो सपना साकार पार्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समितिमा भाग लिन बिहीबार पार्टी मुख्यालय सानेपा आएका महामन्त्री कोइरालाले पत्रकारहरूसँग आफू मेडिकल क्षेत्रबाट राजनीतिमा होमिनुको कारण बीपीको सपना साकार पार्नु रहेको बताए । ‘मैल राजनीति गर्नु परेको बीपीको अधुरो सपनालाई साकार पार्न हो । प्रतिष्ठित मेडिकल क्षेत्र छाडेर म राजनीतिमा आएको… पुरा पढौ

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर सिफारिस

संवैधानिक परिषद्ले वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को बिहिबार बिहान बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि तीनपटकसम्म बैठक बस्न सकेको थिएन । बुधबार पनि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक बिहिबार बिहानका लागि सारिएको थियो । बिहिबार देउवा समेत उपस्थित भएपछि बसेको बैठकले राणालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले… पुरा पढौ

५३० कर्मचारीलाई कारवाही सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५ सय ३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिश गरेको छ । केन्द्रले साउनयता १ सय ४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३सय १८ र तोकिएको पोशाक नलाउने १ सय ६२ गरी ५ सय ३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिश गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । ती कर्मचारीलाई विभागीय कारवाही गर्नका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।… पुरा पढौ

आम सञ्चार विधेयक बनाउँदै गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले सञ्चारलाई व्यवस्थित र मर्यादित बनाउन आम सञ्चार विधेयक बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको विधेयकको मस्यौदा बनाउने प्रस्तावलाई बैठकले सैद्धान्तिक स्वीकृति दिएको हो । यसअघि प्रदेश सरकारले आम सञ्चार नीति पास गरिसकेको छ । सरकारले आफू मातहत सञ्चार संस्था स्थापना एवं प्रदेशका ११ जिल्लामा रहेका सञ्चार संस्था नियमन तथा नयाँ स्थापनाका लागि स्वीकृति दिने गरी विधेयक बनाउन लागेको… पुरा पढौ

वाइड बडीबारे अनुसन्धान गर्न समिति

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन ७ सदस्यीय उपसमिति गठन गरेको छ । समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिए । उपसमितिमा सदस्यहरू प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागार्इं छन् ।… पुरा पढौ

मलेसियामा हरेक दिन १ नेपालीको मृत्यु

धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक १ जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरूको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३ सय २२ को विभिन्न कारणले मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१७ मा ३ सय ६४ रहेको थियो । कार्यवाहक राजदूत… पुरा पढौ

रामसीताको विहे हेर्न उत्तर प्रदेशका मुख्यमन्त्री आउँदै

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् । महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवसहित भव्य बन्दै गएको छ । एक साता अघिदेखि नै वैवाहिक विधि शुरु भए पनि बुधबार हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा जनसागर ओर्लिसकेका छन् । जानकी मन्दिरका सहायक महन्त रामरोशन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं