Featured News

धराप तार हटाउँदै पोखरा महानगर

सुन्दर पोखराको कुरुप तारहरु अब व्यवस्थित गरिने भएको छ । सडक छेउमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारका कारण दुर्घटनाको जोखिम पनि छ । दुर्घटनाको जोखिम र कुरुप बढाएका यस्ता तारहरु व्यवस्थित गर्न पोखरा महानगरले बिहीबारबाट काम सुरु गर्ने भएको छ । महानगरले नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका संस्थाका प्रतिनिधि बोलाएर तार व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ । पोखरा महानगरका… पुरा पढौ

भाजपा–कंग्रेस आइ कडा टक्कर

भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिकमतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनिभाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउनेदेखिएको छ । त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति(टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिकमतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन् । भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफलवा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कङ्ग्रेसकोअवस्था मजबुत नै… पुरा पढौ

महानगरको अदालतले काम थाल्यो

पोखरा महानगरपालिकामा इजलास सुरु भएको छ । महानगरको न्यायिक समितिले सोमबारदेखि इजलासबाटै मुद्दाको आदेश र सुनुवाइको थालनी गरेको छ । यसअघि न्यायिक समितिकी संयोजक एवं उपप्रमुख मञ्जुदेवी गुरुङले आफनो कार्यकक्ष प्रयोग गदै आएकी थिइन् । सम्वन्ध विच्छेद सम्वन्धी न्यायिक समितिमा छलफल भैरहेको विवादको विषयलाई अदातल पठाउने आदेश न्यायिक समिति संयोजक गुरुङले दिएसंगै महागनरमा इजलास सुरु भएको .हो । संयोजक गुरुङ, न्यायिक समिति सदस्य पार्वती कार्की, किशोर बराल, महानगरका सहायक प्रमुख… पुरा पढौ

दैनिक चेलीबेटीमाथि बलात्कार, यही हो मानवअधिकार !

आज विश्व मानव अधिकारकार दिवस । यो दिवस मनाइरहदा देशैभर दिवसको भन्दा महिला हिंसा अन्त्य र बलात्कारीलाई सजायको माग चर्काे छ । पोखरामा पनि राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सोमबार यो दिवस मनाइएको छ । मानवअधिकार चोकबाट चिप्लेढुंगा हुँदै सभागृहचोकमा प्रभातफेरि ¥याली पुग्दा निर्मलाका निम्ति न्याय अभियानले प्ले कार्ड प्रदर्शन ग¥यो । दिवसकालाई दिवसकै रुपमा सिमित गरी मानवअधिकारको पक्षमा संघ, संस्थाले आवाज नउठाएको उनीहरुको गुनासो छ । करिब १ दर्जन… पुरा पढौ

सेल्फी खिच्न खोज्दा फेवातालमा खसे युवा

सोमबार बिहान फेवातालमा १ युवा बेपत्ता भएका छन् । ढुंगा सयरमा गएका काठमाडौंका रोजन श्रेष्ठ बिहान १० बजेतिर सेल्फी खिच्न लाग्दा डुंगाबाट तालमा खसेर बेपत्ता भएका हुन् । रोजन कक्षा १२ का विद्यार्थी हुन् । दिदीसँगै फेवाताल घु्म्न गएका रोजनकी दिदी भने सकुसल रहेको वडा प्रहरी कार्यालय बैदमका डिएसपी नवीन कार्कीले जानकारी दिए । उनको खोजी जारी रहेको फेवाताल किनारमा रहेको शसस्त्र प्रहरीको रेस्क्यु युनिटका असइ दीपक सिग्देलले जानकारी दिए… पुरा पढौ

भ्रष्टाचारविरुद्ध निर्मम ढंगले लाग्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आइतबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरे । प्रधानमन्त्री ओलीले भने, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न… पुरा पढौ

नेपालमा समलिंगी विहेको कानुन माग

नेपालको संविधान र कानुनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् । युवालय नामक संस्थाले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी विषयमा सञ्चारमाध्यमसँग आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले समलिङ्गी व्यक्तिले कानूनको अभावमा विवाहजस्तो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गरे । कार्यक्रममा नीलहिरा समाजका कार्यक्रम अधिकृत अनुज पिटरले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा… पुरा पढौ

प्रदेश र केन्द्रका विवाद सुल्झिएलान् ?

संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको छ । संविधान, कानून, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न लामो समयदेखि यो परिषद्को बैठक माग गरिएको थियो । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले केन्द्र सरकारसँग बसेर किनारा लगाउनुपर्ने विषयमा ध्यान नदिएको गुनासो गर्दै आएका थिए । नेपालको संविधानको… पुरा पढौ

गर्भैबाट संगीत बोकेर आएको छु : विक्रम बराल

संगीत अनुरागीमा मात्र होइन, सबै नेपालीबीच नेपाल आइडलको चर्चा छ । एपीवान टिभीबाट सञ्चालन भएको नेपाल आइडल ४ प्रतिश्पर्धीमध्ये एक विक्रम बरालको चर्चा पनि कम छैन । शनिबार गृहनगर पोखरामा विक्रमलाई भव्य स्वागत गरियो । ‘आमाको सपना र बुबाको आशीर्वाद सफल हुनलाई यहाँहरुको साथ सहयोग भए पुग्छ,’ बरालले आत्मविश्वासका साथ भने, ‘मैले आमाको गर्भबाटै संगीत बोकेर आएको हुँ । राम्रो दिने कोशिस सदैव गर्नेछु । तर साथ हजुरहरुको चाहिन्छ है… पुरा पढौ

५६ % डाक्टरी विद्यार्थी फेल

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षामा आधा भन्दा धेरै विद्यार्थी फेल भएका छन् । मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा ५६ प्रतिशत असफल भए । एमबिबिएसतर्फको परीक्षामा १ हजार ३ सय ११ सहभागी भएकोमा ५ सय ९८ जना पास भए । यस्तै, बिडिएसतर्फ १ सय ८६ जनाले परीक्षा दिएकोमा ६९ जनामात्र उत्तीर्ण भए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं