५६ % डाक्टरी विद्यार्थी फेल

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षामा आधा भन्दा धेरै विद्यार्थी फेल भएका छन् ।


मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा ५६ प्रतिशत असफल भए । एमबिबिएसतर्फको परीक्षामा १ हजार ३ सय ११ सहभागी भएकोमा ५ सय ९८ जना पास भए ।

यस्तै, बिडिएसतर्फ १ सय ८६ जनाले परीक्षा दिएकोमा ६९ जनामात्र उत्तीर्ण भए ।