साना किसानहरुको ऋण मिनाहा

सरकारले देशभरका किसानलाई रातह पुग्ने निर्णय गरेको छ । सरकारले साना किसानहरुको बैंकको ऋण मिनाहा गरेको छ ।

कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् । कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।