देशले अर्काे गृहयुद्ध थेग्न सक्दैन

बाँच्नु चाई पर्छ, अनेक देखिने रहेछ । हिजो सँगै जनता र देशका लागि हतियार उठाएका सहयात्री विप्लव अपराधी अनि प्रतिबंधित अनि देश विखंडन गर्छु भन्ने सिके राउत हितैषी र मुलधारको राजनीतिमा ।

मेरो बिनम्र अनुरोध सरकार र विप्लव समुह लाई ।

१. अब मुलुकले अर्को गृह युद्द थेग्न सक्दैन । तपाईहरु फेरि एक अर्कालाई सिध्याउने युद्ध नै गर्ने हो भने पनि गरिव जनता अब नमारियुन । विप्लव समुहले सिधै प्रधानमन्त्री, मन्त्री लगायत सत्तारुढ दलका शीर्ष नेताहरु लाई अनि सरकारले विप्लव समुहका शीर्ष नेताहरु लाई सिध्याउन ।

२. हिजो २०५२ सालमा जस्तो परिस्थिति थियो, त्यो भन्दा खासै फरक स्थिति अहिले पनि छैन । प्रधानमन्त्रीको “आफ्नो काम देखेर विश्व चकित भएको” गफ सुनाउने बाहेक जनता लाइ गास, बास्, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा जस्ता कुनै पनि आधारभूत आवश्यकता को ग्यारेन्टी गर्ने काम भएको छैन । यस्तो गरिबी, बेरोजगारी र भ्रष्टाचार व्याप्त देशमा द्वन्द भूसको आगो झैं सल्किन सक्छ । शक्तिकेन्द्र हरुले आफ्नो हतियारको बजार र चीन अनि भारतको तिब्र प्रगति मा अवरोध सृजना गर्न नेपाल प्रयोग गरी रहेको कुरा पनि घाम झै छर्लङ्ग छ । यस्तो अवस्थामा गफ चुटेर नभई जनताको लागि काम गरेर मात्रै ओलीले देसलाई अर्को द्वन्द मा जान बाट जोगाउन सक्छन् ।

३. विप्लव संग जनताको मन र मत जितेर सत्तामा पुग्ने बाटो छ । उसलाई लाग्ने गरेको चन्दा को नाममा जबर्जस्ती लुट चलाएको भन्ने आरोप बाट आफूलाई चोख्याउन आबस्यक छ । यदि विप्लव समुह शक्तिकेन्द्र बाट परिचालित छैन भने, अर्को द्वन्द तिर लाग्नु हुँदैन । तर, युद्द गर्ने नै भए माथि भनेझै जागिर खाएका सेना – प्रहरी र निमुखा जनता लाई नभई शीर्ष नेता बाट कारबाही सुरु गर्नु उचित हुन्छ ।

४. भ्रष्टाचार गरेर अकुत सम्पति कमाएका हरूको नाम पर्दाफास गरेर सरकारलाई श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न र जेल सजाय दिन आब्हान गर्न सक्छ विप्लव समुह ले । अर्को तिर, सरकारले दण्डित नगरे अनि भ्रष्टहरु आफैंले कालो धन राष्ट्रलाई नबुझाए सबै भ्रष्टलाई दण्डित गरिने आब्हान गर्न सक्छ । यसरी भ्रष्टाचारी, तस्कर, अपराधीलाई मात्रै दण्डित गरियो भने, जनताले दुःख पाउँदैनन् अनि देशले पनि सुख पाउँछ ।

५. सरकार यदि देश र जनताप्रति इमान्दार छ भने विप्लव समुहको सबै जायज मागहरु सम्बोधन गर्नु पर्छ । साँच्चै, विप्लव समुह लुटेराहरुको समुह नै हो भने, कानुन बमोजिम दण्डित गर्नु पर्छ । सके सम्म गोली हानी मार्ने नभई, जेल – जरिवाना गर्नु पर्दछ। साथै, कुनै निर्दोष नागरिकको ज्यान गएको खण्डमा द्वन्द बढ्ने कुरामा सतर्क हुनु पर्छ ।