संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी २ संविधानसभा निर्वाचनमा विजयी भए । गएको प्रतिनिधिसभा चुनावमा पनि चुनिए । अनेरास्ववियु हुँदै नेकपाको केन्द्रीय सदस्य र मन्त्रीसमेत बनेका अधिकारीको दुखद निधन भइसकेको छ ।
स्ववियुबाहेक ३ निर्वाचन लडेका अधिकारीलाई उनका प्रतिश्पर्धीहरुले पनि सफल र क्षमतावान् राजनीतिज्ञको रुपमा लिएका छन् । तत्कालीन नेकपा माओवादीबाट उनीसँग त्यो बेलाको कास्की क्षेत्र नं. ३ मा प्रतिश्पर्धा गरेका झलकपाणि तिवारी अधिकारीलाई नेपाली कम्युनिस्ट आन्दोलनले रवीन्द्रलाई युगयुगसम्म सम्झिरहने बताउँछन् ।
माओवादी शान्तिप्रक्रियामा आएपछि कास्की इन्चार्जसमेत रहेका तिवारीले अधिकारीको निधनले गण्डकी प्रदेशले क्षमतावान नेता गुमाएको बताए । रवीन्द्रसँगको निर्वाचनमा पराजित तिवारी पनि अहिले नेकपामै छन् । उनले २०६४ मा रवीन्द्रसँग केही गोप्य समझदारी भएको खुलाए ।
रवीन्द्रले तत्कालीन नेकपा एमालेको कास्की जिल्ला अध्यक्ष निर्वाचित भएका २ पार्टीबीचको स्दभावपूर्ण सम्बन्धको विकास गर्ने र त्यसो नभए एमाले परित्याग गरी माओवादी आन्दोलनमा सामेल हुने वचन दिएको तिवारीको दाबी छ । रवीन्द्रमा सबैलाई मिल्ने र सहकार्य गर्ने गुणका कारण उनी राजनेता बनेको विचार राखे ।






