लोक सेवा आयोगले खुलाएको विज्ञापनको फारम भर्ने म्याद थप गरिएको छ ।

आयोगले एक सूचना जारी गर्दै स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने म्याद एक साताको लागी थप गरिएको जनाएको हो ।
आज मंगलबारसम्म मात्र फारम भर्ने अन्तिम मिती भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिनेछ । यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ ।
यता केही दिन अघि मात्र राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवाले आह्वान गरेको विज्ञापन कानुन सम्मत र समाबेशी नभएको भन्दै रद्ध गर्न निर्देशन दिएको थियो । तर आयोगल भने विज्ञापन रद्ध नहुने बताउदै आएको छ ।
विज्ञापन रद्ध गर्ने निर्देशनका बावजुद फारम भर्नेको चाप अत्याधिक छ । अत्याधिक चाप भएकै कारण सर्भरमा समस्या देखिएको थियो । सोही कारण पनि आयोगले फारम भर्ने म्याद थप गरेको हो ।




