Featured News

घाटमा वधशाला बनाएर लास कहाँ लैजाऊँ सरकार ?

हाम्रो खानामा मासुको मात्रा बढेको छ । पोखरामा मात्रै दिनमै करिब ४० हजार किलो मासु बिक्छ । महानगर भइसके पनि मासुका लागि पशु वध गर्ने तरिका परम्परागत नै छ । खुला रुपमै पशु काटिन्छन्, मासुको गुणस्तरबारे पनि बेला बेलामा प्रश्न उठ्छ । यसको उत्तर खोज्दै पोखरा महानगर र गण्डकी सरकारले आधुनिक वधशाला बनाउने योजना सार्वजनिक भएपछि नागरिक खुसी भए । तर, यो खुसी लामो समय टिक्ने छन्द छैन । स्थानीयसँग… पुरा पढौ

महानगर र निजी क्षेत्रसँग मिलेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

गण्डकी सरकारले पोखरामा नेपाल सरकार, पोखरा महानगरपालिका र निजी क्षेत्रसँगको साझेदारीमा अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने भएको छ । आगामी आर्थिक वर्ष नै यसको काम सुरु गर्ने प्रदेश सरकारको योजना छ । सहकारीसम्बन्धी आवश्यक नीति, कानून तथा मापदण्ड तर्जुमा गर्दै सहकारीको दर्ता, अभिलेखीकरण, प्रशिक्षण, प्रवर्द्धन तथा नियमन गर्न प्रदेश स्तरीय संस्थागत संरचना बनाइने भएको छ । सहकारी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि क्षमता विकास र अनुदानका कार्यक्रम सञ्चालन… पुरा पढौ

उत्पादनको तयारीमा रहेको तल्लो मोदीखोला जलविद्युत् आयोजनामा किन ठप्प ?

परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट गण्डकी प्रदेशको विकास र समृद्धिको जनआकांक्षा पूरा गर्नका लागि जनताको अभिमतबाट गण्डकी प्रदेश सरकारको गठन भई कार्यरत रहेको हामी सबैलाई विदितै छ। जननिर्वाचित गण्डकी प्रदेश सभाको चौथो अधिवेशनमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरव महशुस गरेको छु। सामन्ती, निरकुंश, केन्द्रीकृत र एकात्मक शासन प्रणालीको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न जीवन बलिदान गर्नु… पुरा पढौ

होमस्टे अनुदान : टाँठाबाँठाको मनपरी

मादी गाउँपालिका २ मा पर्ने ताङतिङ गाउँ सुन्दर छ । सुन्दर गाउँ र गुरुङ संस्कृतिमा रम्न पुग्ने पर्यटकलाई लक्षित गरी यहाँ ताङतिङ सामुदायिक होमस्टे सञ्चालनमा छ । गण्डकी सरकारले यो आर्थिक वर्ष स्थानीयलाई स्वरोजगार बनाउन र ग्रामीण अर्थतन्त्रमा टेवा सामुदायिक होमस्टेलाई अनुदान दिने व्यवस्था गरेको छ । यही व्यवस्था अन्तर्गत यो होमस्टेले पनि १० लाख अनुदान पाएको छ । तर होमस्टेले पाएको अनुदान भने होमस्टेमा हैन, अन्तै खर्च गरिँदैछ ।… पुरा पढौ

पेन्सनमाथि पारिश्रमिक: स्थानीय तहमा दोहोरो सुविधाको विकृति

लमजुङको क्वहोलासोथार गाउँपालिकाकी उपाध्यक्ष कुमारीमुनि गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकी पत्नी पनि हुन् । प्राथमिक तहको पूर्व शिक्षक उनले गाउँपालिकामा चुनिएपछि पनि पेन्सन रोक्का गरेकी छैनन् । गण्डकी प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनमा गाउँपालिका उपाध्यक्षको मासिक तलब रु.२६ हजार र सञ्चार सुविधा एक हजार तोकिएको छ । गुरुङले यो सुविधा र पेन्सन दुवै लिने गरेकी छिन् । गुरुङ गाउँपालिकाकी न्यायिक समिति प्रमुख पनि… पुरा पढौ

नेकपा भित्र मत बाझियो, इन्चार्ज र सहइन्चार्ज तोक्न विहीबारको भाका

नेताहरुबीच मत बाझिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले बुधबार पनि पार्टी जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाझिएपछि जिल्ला कमिटीको इन्जार्च र सहइन्चार्ज तोक्ने काम टुंगोमा पुग्न नसकेको हो । के गर्दा बढि उपयुक्त हुन्छ ? भन्ने विषयमा गम्भिरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोली बिहान नौं बजे पुन बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले… पुरा पढौ

मादी र पोखरा महानगरका इन्जिनियरसहित ९ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा

खेल मैदान बनाउँदा अनियमितता गरेको अभियोगमा कास्कीको मादी गाउँपालिका र पोखरा महानगरमा कार्यरत २ इन्जिनियरसहित ९ जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्यिारले मंगलबार चिप्ली खेलकुद मैदान निर्माण कार्यका साइट इन्चार्ज सब(इन्जिनियर नन्दुराम, तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर हरिबहादुर बस्नेत, जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बराल, तत्कालीन मादी गाउँपालिका वडा नं. ७, का वडा सचिव हाल अवकाश प्राप्त पोखरा… पुरा पढौ

पोखरा ३३ मा नयाँ औद्योगिक क्षेत्र

पोखरा महानगरपालिकाले पोखरा ३३ तल्लो पुडीमा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । महानगरले औद्योगिक क्षेत्र स्थापनाका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरी काम अघि बढाउन पोखरा ३३ का वडाध्यष शिवप्रसाद आचार्यको संयोजकत्वमा कार्यदलसमेत बनाएको छ । कार्यदलका सदस्यमा उद्योगपति गणेशबहादुर श्रेष्ठ, अधिवक्ता हरिप्रसाद सुवेदी, मालपोत र डिभिजन वन कार्यालयका प्रमुख वा प्रतिनिधि सदस्य रहनेछन् । ७ सदस्यीय कार्यदलको सदस्य सचिवमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भुसनकुमार उपाध्याय छन् । कार्यदलको… पुरा पढौ

गृहद्धारा २६ सीडीओको सरुवा, कुन जिल्लाका सीडीयो कहाँ सरे ?

गृह मन्त्रालयअन्तर्गतका २६ जना सहसचिव तथा उपसचिवको सरुवा भएको छ।  गृहले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो। गृहले मंगलबार रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी (सुस्ता पश्चिम), रुकुमलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको हो। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं