Featured News

रंगशालाको बार भत्काउने नेकपा नेता प्रक्राउ

गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि चौतर्फी यस घटनाको आलोचना र बिरोध भईरहेको छ । रंगशाला निर्माणका लागि लगाईएको बार नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिए । घटनापछि उनीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने व्यापक दबाब आएसंगै बार भत्काउने काममा संलग्न रहेका केही हिजै प्रक्राउ परेका थिए भने फरार रहेका नेकपाका स्थानीय नेता समेत रहेका प्रकाश कँडेललाई पनि प्रहरीले… पुरा पढौ

कुन तहका कर्मचारीको तलब कति बढ्यो

सरकारले कर्मचारीहको तलब बढाएको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले अधिकृतमाथिको १८ र अधिकृतमुनिका कर्मचारीको २० प्रतिशतले तलब बढाएको हो । खरिदारको हालको २२ हजार एक सय ७० रुपैयाँमा २० प्रतिशत अर्थात ४४३४ रुपैयाँ थपिएर २६६०४ पुग्ने छ। त्यसैगरी खरिदार ९अतिरिक्त मान० को हालको २२९७० रुपैयाँमा २० प्रतिशत अर्थात ४५९४ रुपैयाँ थपिएर २७५६४ पुग्ने छ। नायव सुब्बाको हालको २३५०० रुपैयाँमा २० प्रतिशत अर्थात ४७०० रुपैयाँ थपिएर २८२०० पुग्ने छ। नायव… पुरा पढौ

गणतन्त्र दिवस जनताको विजय र कुलिनतन्त्रको पराजय भएको दिन हो

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । गणतन्त्र आएको दिनलाई  नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ  । “वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका… पुरा पढौ

लोकसेवाले माग्यो ९ हजार भन्दा बढी कर्मचारी (विज्ञापनसहित)

लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ । स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको हो । सबैभन्दा धेरै महोत्तरीको जलेश्वर कार्यालयबाट १ हजार ३ सय १ जना कर्मचारी मागिएको छ । जलेश्वर कार्यालयले इन्जिनियरिङतर्फ मात्रै ५ सय कर्मचारी माग गरेको छ । असार ३ गतेसम्म… पुरा पढौ

सुनकोशी हड्पेर माछापोखरी

प्रदेश सरकारकै स्वीकृति र लगानीमा सिन्धुलीको सुनकोशी गाउँपालिकाले नदी क्षेत्रको जग्गा हड्पेर सहकारी मार्फत माछापालन व्यवसाय थालेको छ । “खेती प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने भनेर हामीले धेरै पहिलेदेखि लामा–लामा भाषण त ग¥यौं, तर काम गरेनौं । सिन्धुलीबाट त्यसकै अभ्यास शुरू भएको छ । प्रदेश सरकार सहयोग गर्न तयार छ, तपाईंहरू सहकारी मार्फत ठूला र रोजगारी सिर्जना गर्ने योजना लिएर आउनुस् ।”  प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले २३ पुस २०७५… पुरा पढौ

प्रधानमन्त्री ओली विहिबार भारत जादै

प्रधानमन्त्री केपी शर्मा ओली आगामी विहिबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक मत ल्याएर जित हासिल गरेपछि प्रधानमन्त्रीको रुपमा मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली विहिबार त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीसँग उनकी पत्नीका साथै उच्च तहका अधिकारी सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।मोदीले… पुरा पढौ

कहिले प्रस्तुत हुदैछ आर्थिक वर्षको बजेट संसदमा ?

आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महरा र अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् । त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह सभामुख महराले आग्रह गरेका छन्… पुरा पढौ

बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त हुदैन्

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग फेरि पनि हिंसाका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदा सोमबार संक्षिप्त रुपमा यस्तो प्रतिक्रया दिएका हुन् । उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने पनि उल्लेख गरे । दाहालले सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरे । वार्तामा आउने भनेपछि प्रतिवन्ध ठूलो… पुरा पढौ

सुकेधारा र अनामनगर विस्फोट: मृतकको संख्या ४ पुग्यो

आज काठमाडौँको सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । दुबै स्थानमा भएको विस्फोटमा परि ६ जना घाईते भएका थिए । सुकेधारामा घाईते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि सुकेधारमा २ र अनामनगरमा १ जनाको मृत्यु भएको थियो । हाल घाईतेहरुको उपचार भईरहेको छ । यता दुबै विस्फोटमा विप्लवको संलग्नता भएको करिब करिब पुष्टी भएको छ। किनकी बिस्फोट भएका… पुरा पढौ

२५ वर्षमा डेरा सरे मुख्यमन्त्री, रोए समर्थक

सिक्किममा २५ वर्षसम्म एकछत्र सत्तामा रहेका पवन चाम्लिङले आजदेखि औपचारिक रुपमा सत्ता छोडेका छन् । चाम्लिङ्गले आज एक कार्यक्रम गरी समर्थकहरुको उपस्थितिमा सत्ताबाट बाहिरिएको जानकारी गराएका छन् । २५ वर्षपछि मिन्तोकगाङबाट बाहिरिंदा चाम्लिङ भावुक देखिएका छन् । बोलीमा भावुकता सुनिए पनि अनुहार भने हँसिलो देखिन्थ्यो । सरकारी निवासबाट विदा लिंदै गर्दा चाम्लिङलाई सुरक्षाकर्मीले सलामी दिएको छ । कार्यकर्ताले चाम्लिङको समर्थनमा नारा लगाए भने उनका धेरै समर्थकका आँखाबाट आँशु बगिरहेको देखिन्थ्यो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं