Featured News

कार्यवाहक अध्यक्ष र निर्वाचित अध्यक्षलाई पाखा लगाएर महासचिवलाई संयोजक बनाइयो

अन्य जनवर्गीय संगठन र पार्टी एकतामा बनेको मापदण्ड विपरीत नेतृत्व छानेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा असन्तुष्टि देखिएको छ । नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो । महर तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव हुन् । अनेरास्ववियु अध्यक्ष नविना लामा समानुपातिक सभासद् चुनिएपछि वरिष्ठ उपाध्यक्ष रश्मि आचार्यले कार्यवाहक अध्यक्ष भएर काम गर्दै आएका थिए । आचार्यलाई पाखा लगाउँदै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष… पुरा पढौ

मदन भण्डारी : कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार थिए। उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो अर्थ राख्दछ। मूख्यतः कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डो¥याउँदै समाजवाद हुँदै साम्यवाद पु¥याउने मान्यताका साथ अघि सारिएको थियो, जनताको बहुदलीय जनवादको कार्यक्रम। सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका एक प्रसिद्ध नेता कमरेड मदन भण्डारीले अघि सारेको विचारले तात्कालीन नेकपा (एमाले) मा वैचारिक मार्गदर्शनको काम… पुरा पढौ

फेवा किनारका आधा घरमा अवैध इनार र बोरिङ

पोखराले स्वदेशी र विदेशीलाई लोभ्याउने मुख्य आकर्षण हो, फेवाताल । फेवाताल संरक्षणका लागि गत वर्ष सर्वाेच्चले गरेको ऐतिहासिक फैसला अहिलेसम्म अलपत्र छ । जुन खोलाको पानीबाट ताल बनेको हो, त्यसैले त फेवा पुरिरहेको छ नै अरु खालका प्राकृतिक र मानवीय अतिक्रमणले पनि फेवालाई संकटमा पारिरहेका छन् । फेवातालको पानी अञ्जुलिमा उबाएर खान्थ्यौं भन्नेहरु अझै जिउँदै छन् । तर, केही महिनाअघि फेवातालको पानीमा दिशामा पाइने कोलिफर्म भेटिएको र नुहाउनसमेत अयोग्य भएको… पुरा पढौ

पार्टीमा वैचारिक एकता आवश्यक पर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचमा भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्‍याउने दावी समेत गरे । पार्टी इञ्चार्ज समेत रहेका गुरुङले गलकोट क्षेत्रका विकासका लागि आफूले… पुरा पढौ

जसले मदन भण्डारीको शव भेट्टाएका थिए

हेमबहादुर थापा मगर – रत्ननगर – दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । बिहानको करिब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न चारजनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपर्थ्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै… पुरा पढौ

नेकपाको पोलिटब्युरो सदस्यको नाम टुंगियो, को को परे ? (नामसहित)

नेकपाले पोलिटब्युरो सदस्यको नाम टुगो लगाएको छ । १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी तर्फबाट चयन गरिएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको कार्यदल बैठकले २५ वैशाखमा पोलिटब्यूरोको अन्तिम सूची तयार गरेको हो । जेठ ३ गते बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरि औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम छ । पूर्व माओवादीको… पुरा पढौ

पोखरामा प्रदूषण नाप्ने उपकरण राखिने

मुलुकको अधिकांश भागमा बढ्दो शहरीकणसंगै मानविय गतिविधिका कारण विभिन्न प्रकारका प्रदुषणहरु ब्यापक रुपमा फैलिरहेका छन् ,जसले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । यहि कुरालाई मध्येनजर गरि पोखरामा पनि अव वायु प्रदूषण मापन गर्ने उपकरण राखिने भएको छ। विभिन्न ठाउँमा उपकरण राखेर वायु प्रदूषणको अवस्था पत्ता लगाउने योजना गण्डकी प्रदेशको वातावरण मन्त्रालयले बनाएको हो । पोखरा सहरको वायु प्रदूषण कुन अवस्थामा छ भन्ने थाहा पाउनका लागि मन्त्रालयले आवश्यक उपकरण खरिद… पुरा पढौ

जनशक्ति र पूर्वाधार बिनै ए ग्रेडको ल्याब

पोखराको न्युरोडमा रहेको लाइफ केयर डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर (एलसिडी)को अघि गण्डकी प्रदेशकै पहिलो ए ग्रेडको प्रयोगशाला लेखिएको छ । २०७४ चैत ५ मा ए ग्रेडको अनुमति पाएको एलसिडीले यसका लागि आवश्यक मापदण्ड भने पूरा गरेको छैन । ए समूहका प्रयोगशाला कमसेकम २ हजार वर्ग फिटमा हुनुपर्छ । यस्तै स्याम्पल कलेक्सन, रिसेप्सन, रिर्पो्िटङ कक्ष, क्युसी युनिट, पुस्तकालय, बैठक कक्ष र कार्यालयका लागि पनि आवश्यक ठाउँ पनि उपलब्ध हुनुपर्छ । कमसेकम… पुरा पढौ

नेपाल र कम्बोडियाबीच द्विपक्षीय लगानीमा सहमति

नेपाल र कम्बोडियाका बीचमा द्विपक्षीय व्यापार तथा लगानी सहमतिमा हस्ताक्षर भएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा द्विपक्षीय लगानी सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् । त्यस्तै नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।… पुरा पढौ

विकासको नयाँ मोडल अघि बढाउन आवश्यक छ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेका हुन् । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी दिए । अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं