Featured News

सीताको मनोबल बढाउन विवाहोत्सव : प्रचण्ड

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी पत्नी सीता दाहालको मनोबल उच्च राख्न आफूले विवाहोत्सव मनाएको बताएका छन्। प्रचण्ड र सीता दाहालको विवाहको ५० औं वर्षगाँठका अवसरमा बिहीबार ललितपुरको सुनाकोठीमा आयोजित विवाहोत्सवमा संक्षिप्त सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्। प्रचण्डले डाक्टरहरुले पनि सीताको मनोबल उच्च राख्न सुझाएको स्मरण गरे। प्रचण्डले भने, ‘मलाई विवाहोत्सवको खास मतलव थिएन। सीताले पनि अघिल्लो वर्षदेखि नै विवाहोत्सव मनाउनुपर्छ भन्दै आएकी थिइन्। छोरीहरुले पनि… पुरा पढौ

वैशाख २० र २३ गतेका मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु यी हुन्

काठमाडौँ । सरकारले यहि वैशाख २० गते शुक्रबार र २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदका निर्णयहरु :   १. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा नीतिगत सुधारको क्रममा बजेट सहायता (क्रेडिट पोलिसी) को रूपमा प्राप्त हुने दोस्रो कार्यक्रमगत ऋण सहायता एक सय मिलियन अमेरिकी डलर बराबरको… पुरा पढौ

प्रधानमन्त्री भियतनाम र कम्बोडिया उडे

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा प्रस्थान गरेका छन् । नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल,… पुरा पढौ

जेठ ३ सम्म एकताका सबै काम सक्ने तयारी

सत्तारुढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव (३ जेठ) मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य्विभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेका हुन् ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको छलफलबाट तीनवटै विषय टुंगिएकाले केही दिनभित्रै घोषणाको तयारी भइरहेको बताए । अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय… पुरा पढौ

विद्यार्थी र पूर्वाधार भएकै स्कुल मर्जका लागि सिफारिस

धनबहादुर, लीलबहादुर र जीतबहादुर राति २ बजे नै उठ्छन् । विद्यार्थी उमेरका भए पनि उनीहरु त्यसपछि किताब पल्टाउँदैनन्, वालुवा बोक्न रामघाट पुग्छन् । बिहानसम्म काम गर्छन्, त्यसपछि पढ्न पोखरा ९ को नवप्रभात मावि आउँछन् । उनीहरु कक्षा ४ का विद्यार्थी हुन् । उनीहरु जस्तै नवप्रभात पढ्ने धेरैजसो विपन्न, गरिब परिवारका छन् । करिब साढे ४ सय विद्यार्थी, २ तले आफ्नै भवन, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलमैदान, सभाहलसहितको नवप्रभातको भवन छ ।… पुरा पढौ

पोखरा क्षेत्रीय विमानस्थलको रनवे तयार, आकस्मिक अवतरण गर्न सकिने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ तयार भएको छ । निर्माण कार्य थालेको १ वर्ष ३ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो । यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउनेलगायतका काम भइरहेको छ । विमानस्थलका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलका अनुसार विमानस्थलमा आकस्मिक ल्यान्ड गर्न सकिने छ । ‘आवश्यक परेमा विमानले आकस्मिक अवतरण गर्न सक्छ,’ उनले भने । विमानस्थलको महत्वपूर्ण ३५ प्रतिशत काम… पुरा पढौ

माछापुच्छ्रे हिमालको पानी अन्नपूर्णमा ! कसरी ?

कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ्रे हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ । यसका लागि गाउँपालिकाले ‘१ घर, १ धारा’ अभियानलाई अगाडि बढाएको हो । गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै १ घर, १ धारा अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ । माछापुच्छ्रे हिमालको फेदी (मर्दी हिमाल नजिकै) को लान्द्रुक बनबाट पानी ल्याउने गरी गाउँपालिकाले सम्भाव्यता अध्ययन गर्ने योजना प्रस्ताव गरेको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख कार्यकारी… पुरा पढौ

पोखरामा रमजान पर्व शुभारम्भ

पोखराका इस्लाम धर्मालम्वीहरूले धार्मिक विधिपूर्वक रमजान पर्वको शुभारम्भ गरेका छन् । इस्लाम पात्रोको नवौँ महीनामा यो पर्व मनाउने गरिन्छ । रमजानको पवित्र महीनालाई ‘शव–ए–कदर’ पनि भन्ने गरिन्छ । मुस्लिम धार्मिक ग्रन्थ ‘कुरान शरीफ’ अल्लाहद्वारा अवतरित भएको धार्मिक विश्वास रहिआएको छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो । रमजान पर्वको मुख्य उद्देश्य मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु रहेको छ । धार्मिक रीतिरिवाजको माध्यमबाट गलत कार्यबाट मानिसलाई टाढा राखेर… पुरा पढौ

फेवाताल छेउका बासिन्दा भन्छन् :सधै घाँटीमा तरबार किन ?

फेवाताल वरपरका जग्गाधनी र बासिन्दाले सरकारलाई उचित मुअब्जा दिएर जग्गा अधिग्रहण गर्न नभए निर्वाध उपयोग गर्न दिन माग गरेका छन् । उनीहरुले लालपुर्जा भएको र पुस्तौंदेखि उपयोग गर्दै आएको जग्गा रोक्का राख्ने, बिना क्षतिपूर्ति सरकारीकरण गर्ने जस्ता निर्णय गरी सधै आफूहरुको घाँटीमा तरबार राखिएको भन्दै आक्रोश व्यक्त गरे । सर्वाेच्च अदालतले गरेको फैसला कार्यान्वय गर्न गण्डकी सरकारले गठन गरेको उपसमितिले सोमबार आयोजना गरेको छलफलमा सरोकारवालाले यस्तो बताएका हुन् । उनीहरुले… पुरा पढौ

पोखरा फेवाताल बेचेरै बाँचिरहन्छ :मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालबिनाको पोखरा कल्पनै नहुने बताएका छन् । ‘पोखरा फेवाताल बेचेरै बाँचिरहन्छ,’ उनले भने, ‘अनि पोखराले फेवाताल अतिक्रमण गरेर हुन्छ ?’ फेवाताल संरक्षणमा आजसम्म कतैबाट पहल नभएको भन्दै मुख्यमन्त्री गुरुङले आक्रोश पोखे । ‘आजसम्म फेवाताल संरक्षण गर्ने कुनै कोही जन्मेको छैन,’ उनले भने, ‘फेवाताल संरक्षणमा सर्वोच्चको आदेश पालना गर्न, फेवातालको मापदण्ड कायम गरेर नयाँ संरचना निर्माण गर्न आखिर प्रदेश सरकार नै चाहिदो रै’ छ ।’ २… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं