ताजा समाचार

जेठ १५ गते २०७६

कुन तहका कर्मचारीको तलब कति बढ्यो

सरकारले कर्मचारीहको तलब बढाएको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले अधिकृतमाथिको १८ र अधिकृतमुनिका कर्मचारीको २० प्रतिशतले तलब बढाएको हो ।
खरिदारको हालको २२ हजार एक सय ७० रुपैयाँमा २० प्रतिशत अर्थात ४४३४ रुपैयाँ थपिएर २६६०४ पुग्ने छ।

त्यसैगरी खरिदार ९अतिरिक्त मान० को हालको २२९७० रुपैयाँमा २० प्रतिशत अर्थात ४५९४ रुपैयाँ थपिएर २७५६४ पुग्ने छ। नायव सुब्बाको हालको २३५०० रुपैयाँमा २० प्रतिशत अर्थात ४७०० रुपैयाँ थपिएर २८२०० पुग्ने छ। नायव सुब्बा ९अतिरिक्त मान० को हालको २५६८० रुपैयाँमा २० प्रतिशत अर्थात ५१३६ रुपैयाँ थपिएर ३०८१६पुग्ने छ। शाखा अधिकृतको हालको ३०५०० रुपैयाँमा १८ प्रतिशत अर्थात ५४९० रुपैयाँ थपिएर ३५९९९ पुग्ने छ।

उपसचिवको हालको ३४२२० रुपैयाँमा १८ प्रतिशत अर्थात ६१६० रुपैयाँ थपिएर ४०३८० पुग्ने छ। सहसचिवको हालको ४०१५० रुपैयाँमा १८ प्रतिशत अर्थात ७२२७ रुपैयाँ थपिएर ४७३७७ पुग्ने छ। सचिवको हालको ५१४२० रुपैयाँमा १८ प्रतिशत अर्थात ९२५६ रुपैयाँ थपिएर ६०६७६ पुग्ने छ। त्यसैगरी मुख्यसचिवको हालको ५५२०० तलबमा १८ प्रतिशत अर्थात् ९९३६ रुपैयाँ थपिएर ६५१३६ पुग्नेछ।